कैलालीमा राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च न्यून

कैलालीमा राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च न्यून

धनगढी : कैलालीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनको बजेट खर्च कमजोर देखिएको छ। आर्थिक वर्ष २०७५/०७६ को ६ महिना बित्दा न्यून मात्रामा खर्च भएको हो। हुलाकी सडक आयोजनाले पुससम्म १ प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन। कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका अनुसार कुल ४० करोड विकास बजेट रहेको हुलाकी सडक आयोजनाको हालसम्म १७ लाख रकम अर्थात् शून्य दशमलब चार प्रतिशत मात्रै खर्च हुन सकेको हो।

आयोजनाका प्रमुख रामपुकार जैशवाल हुलाकी सडक आयोजना कार्यान्वयनमा ढिलाई हुँदा नै बजेट खर्च हुन नसकेको जिकिर गरे। 'हुलाकी सडक कामत भइरहेको छ,' उनले भने, 'बीचमा २ महिना कार्यालय प्रमुखविहीन हुँदा काममा समस्या आएको हो,'उनले अब निर्माण प्रक्रियाले गति लिने दावी गरेका छन्। 

आर्थिक वर्षको सुरुमा निर्माणमा ढिलाइ हुँदा बजेट खर्च कम देखिएको हुनसक्ने हुलाकी सडक प्याकेज नम्बर १३ का सब इन्जिनीयर अर्जुन बोहराले बताए। 'पछिल्लो २ महिनामा दुईदेखि तीन करोडको माटो फिलिङको मात्र काम भएको छ,' उनले भने।यस्तै जिल्लाको अर्को राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइको पनि उपलब्धी सुन्तोषजनक देखिएको छैन्। २ अर्ब १२ करोड कुल विकास बजेट रहेको आयोजनाले पुससम्म ११ करोड रुपैयाँ मात्रै खर्च गरेको छ।

यो कुल विकास बजेटको पाँच दशमलव छ प्रतिशत मात्रै हो। जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको आयोजनामध्ये मोहनापुल अत्तरिया सडकको विकास बजेट भने सन्तोषजनक देखिएको छ। कुल ४० करोड विकास बजेट रहेको मोहनापुल अत्तरिया सडकको १९ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ। यो खर्च कुल बजेटको ४८ प्रशित हो।  

कोष तथा नियन्त्रक कार्यालय कैलालीले दिएको जानकारी अनुसार विकासी अड्डाको बजेट खर्च कमजोर नै छ। संघीय योजना कार्यान्वयन इकाइ कैलालीले छ महिनाको अवधिमा २२ प्रतिशत विकास बजेट खर्च गर्न सकेको छ। 

१ अर्ब ६४ लाख कुल विकास बजेटमध्ये कार्यान्वयन इकाइले ३७ करोड ७९ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको हो। मुलुकमा ३ तहको सरकार गठन भई कार्यान्वयनमा गएसक्दा पनि विकास बजेटमा सुधार आउने सकेको छैन्।

संघीय सरकारले कार्यान्वयन गर्ने योजनाहरुको विकास बजेट खर्च निराशाजनक देखिएको कोष नियन्त्रक मदनराज पाण्डेले बताए। छ महनाको अवधिमा पूँजीगत बजेट १४ प्रतिशत मात्रै खर्च भएको हो। चालुतर्फको कुल बजेटको ४१ प्रतिशत खर्च भएकोमा पूँजीगततर्फ भने जम्मा १४ प्रतिशत बजेट मात्रै खर्च भएको छ।

चालूतर्फ २२ अर्ब ५० करोडबाट ९ अर्ब बढी अर्थात ४१ प्रतिशत रकम खर्च भएको छ। तर, पाँच अर्ब १३ करोड मात्रै रहेको पूँजिगत रकमबाट ७२ करोड अर्थात १४ प्रतिशत रकम खर्च भएको छ। विकास बजेट खर्चको यो तथ्यांक गत वर्षको यस अवधिको तुलनामा ११ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा २५ प्रतिशत पूँजिगत बजेट खर्च भएको थियो। कोष नियन्त्रक पाण्डेले नयाँ संरचनामा गइसकेपछि व्यवस्थापनमा अलमलका कारण कम बजेट खर्च भएको हुनसक्ने बताए।

छ महिनाको अवधिमा निकै कर्म खर्च गर्न सकेको संघीय सरकारले बाँकी छ महिनामा बाँकी रकम खर्च गर्न निकै चुनौति छ। वर्षको अन्तिमतिर वर्षातको समयमा बजेट खर्च हुने विगतकै परिपार्टी यस वर्ष पनि दोहोरिने निश्चित भएको स्थानीय बताउँछन्। सरकारले भने नयाँ संरचनामा जाँदा कर्मचारी अभाव, कार्यालय व्यवस्थापनलगायतमा ढिलाई हुँदा विकासका कामले गति लिन नसकेको बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.