मदिरा खाएर मन्दिर तोडफोड गर्ने पक्राउ
![मदिरा खाएर मन्दिर तोडफोड गर्ने पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/pakrau_20181126115448_I0rmyisn9R.jpg)
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको कविलासस्थित सिद्धिगणेश मन्दिर तोडफोड गर्ने एकजना पक्राउ परेका छन्। मन्दिर तोडफोड गर्ने २० वर्षीय योगेश नेपाललाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।
नेपालले सदरमुकाम विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको पन्चकन्या गाउँपालिका-२ कविलास वेलचौस्थित सिद्धिगणेशको मन्दिर र त्यसभित्र रहेका मूर्ति तोडफोड गरेका थिए। उनले बुधबार बेलुकी मादक पदार्थ सेवन गरी मन्दिरमा रहेका तीन थान मूर्ति फुटाइदिएको स्थानीय वृद्ध मधु कोइरालाले जानकारी दिए।
मन्दिरमा प्रत्येक वर्षको चैत्रे दशैं र फुलपातीका दिन विशेष मेला लाग्ने गर्छ भने दैनिक पूजाआरती हुँदै आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)