सडकमै सवारी चालकको स्वास्थ्य जाँच

सडकमै सवारी चालकको स्वास्थ्य जाँच

बेनी : म्याग्दीका सवारी चालकको बिहीबार सडकमै स्वास्थ्य परीक्षण गरिएको हो।उनीहरुको रक्तचाप (प्रेसर) र आँखाको परीक्षण गरिएको चिकित्सकले जनाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पुर्‍याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा चालकको स्वास्थ्य परीक्षण गरिएको हो। 

स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले बताए। बेनी-गलेश्वर सडकको जलेश्वरमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षणका क्रममा ७५ जना चालकको आँखा र प्रेसरको परीक्षण गरिएको कार्यालयका बैकुण्ठ पौडेलले बताए। ७ जनामा रक्तचाप र २ जनामा न्यून दृष्टिको समस्या भएको चिकित्सक टोलीले जानकारी दियो।

समस्या देखिएकालाई औषधि खान र अन्यलाई नियमित व्यायाम गर्न चिकित्सकले सुझाव दिएका छन्। दैनिक खानपानमा पनि ध्यान दिन चालकलाई स्वास्थ्यकर्मीको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.