गोरखकाली रबर उद्योगका सबै कर्मचारीलाई सुविधासहित अवकाश
काठमाडौं : २०७१ चैतदेखि बन्द रहेको गोरखकाली रबर उद्योगका सबै कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।
'टायर उत्पादन गर्ने नेपालको एक मात्र रबर उद्योग लामो समयदेखि बन्द अवस्थामा छ। उद्योगका सबै कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय भएको छ,' उनले भने,'कर्मचारीले उद्योगलाई बुझाउनुपर्ने बाँकी बक्यौता बुझाएर अनिवार्य अवकाश लिँदा सुविधा पाउने छन्। उद्योग बन्द भएयता कार्यरत दुईसय ३२ जना कर्मचारी तथा मजदुरले पनि तलब पाएका छैनन्।