मलेसिया रोजगार : किन पछि हटे श्रीवास्तव ?

मलेसिया रोजगार : किन पछि हटे श्रीवास्तव ?

काठमाडौं : संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मलेसियाका लागि कलिङ भिसा प्राप्त व्यक्तिलाई श्रम स्वीकृति दिन निर्देशन दिने तयारी गरेको छ। समितिले सरकार र वैदेशिक रोजगार व्यवसायीलाई सँगै छलफलमा बोलाएर निर्देशन दिने तयारी गरेको हो। 

बिहीबार भएको छलफलमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले कलिङ भिसा आएका सबै कामदारलाई तत्काल श्रम स्वीकृति दिन सरकारलाई निर्देशन दिन चाहेका थिए। अन्य सांसदले नबुझिकन निर्देशन दिन उपयुक्त नहुने राय राखेपछि समितिले श्रम मन्त्रालय सम्बद्ध निकाय र वैदेशिक रोजगार व्यवसायीसँग केही दिनभित्रै संयुक्त छलफल गर्ने भएको छ। 

केही दिनअघि वैदेशिक रोजगार व्यवसायीहरुले समितिमा कलिङ भिसा आएका नौ हजार तीन सय ३४ जना कामदार मलेसिया जान नपाएको गुनासो गरेका थिए। समितिका सभापति श्रीवास्तवले बिनाकारण सरकारले श्रम स्वीकृति दिन रोकेको बताएका थिए। सरकारले केहीलाई मात्रै स्वीकृति दिएको र अन्यलाई नदिएको भन्दै स्वीकृति दिन निर्देशन दिनुपर्ने अडानमा थिए। 

सांसद एलपी सावा लिम्बुले सरकारले आफ्नै ढंगले श्रम स्वीकृति दिइरहेकाले समितिले निर्देशन दिनुनपर्ने बताए। सांसद सोमप्रसाद पाण्डेले आजै पत्र पठाउनुभन्दा सरकार र व्यवसायीसँग छलफल गरेर मात्र निचोडमा पुग्नु राम्रो हुने बताए। सांसद बिन्दा पाण्डेले श्रम मन्त्रीको सवस्थापमय व्यन गरेर मात्र छलफलको समयगर्नु तय पर्ने बताइन्। 

उनले कलिङ भिसा प्राप्त नौ हजारभन्दा बढी युवालाई श्रम स्वीकृति दिन सरकारलाई निर्देशन दिने तयारीमा भए पनि अधिकांश सांसदहले दुवै पक्षबीच छलफल गराएर मात्र आवश्यक निर्देशन दिने सुझाएपछि सभापति श्रीवास्तव पछि हटेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.