मोबाइल बैंकिङमा सावधानी

मोबाइल बैंकिङमा सावधानी

नेपालमा मोबाइलमार्फत बैंकिङ कारोबार गर्नेको संख्या ४० लाखभन्दा बढी पुगिसकेको छ। बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यसमा आकर्षण बढ्दो छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ का लागि असारमा सार्वजनिक गरेको मौद्रिक नीतिमा यो तथ्यांक उल्लेख छ। तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या ४० लाख र इन्टरनेट बैंकिङ ग्राहकको संख्या सात लाख ८४ हजार पुगेको छ।

मौद्रिक नीतिअनुसार अहिलेसम्म बैंकले ५२ लाख ३५ हजार डेबिट कार्ड र ९७ हजार क्रेडिट कार्ड जारी भएको छ। बैंकिङ क्षेत्रको पछिल्लो प्रविधिमा छोटो समयमै ठूलो संख्यामा ग्राहक तानिएका छन्। ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको मोबाइल बैंकिङमा जुन रूपले ग्राहक बढिरहेका छन्, त्यसले क्यासलेस कारोबारको विकासका लागि मद्दत पुग्ने देखिन्छ। साथै यसको बढ्दो प्रयोगसँगै चुनौतीहरू पनि थपिएका छन्।

मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कतिपय प्रयोगकर्ताको खातामा भएको रकम चोरी भएको घटना पनि सुनिन्छ। इन्टरनेट बैंकिङ प्रयोगकर्ताले गरेको साना गल्तीलाई हतियार बनाएर बैंकको खातामा रहेको पैसा चोर्न माहिर ह्याकरबाट बच्न आवश्यक छ। त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफैं संयमित हुन आवश्यक छ। यहाँ मोबाइल बैंकिङ प्रयोग गर्दा केही सुरक्षित उपायका बारेमा चर्चा गरिएको छ :

बैंकसम्बन्धी जानकारी गोप्य राख्ने

आफ्नो बैंक खाताको जानकारी गोप्य राखौं। त्यसमा प्रयोग भएको पासवर्ड समय समयमा परिवर्तन गर्नु ठीक हुन्छ। पासवर्ड राख्दा लामो र मि िश्रत प्रकारको राख्नुहोस्। अंग्रेजीका विभिन्न क्यारेक्टरलाई मिलाएर पासवर्ड राख्दा सुरक्षित हुन्छ। साथै असुरक्षित वाइफाईमा अनलाइन बैंकिङ नगर्नुहोस्। र, आफूले राखेको पासवर्ड अरू कसैलाई नदिनु नै राम्रो हो।

फिसिङ ईमेलबाट बच्ने

फिसिङ ईमेलले ठगी वा घोटालाका लागि प्रयोग गरिने ईमेललाई जनाउँछ। हेर्दा विश्वसनीय देखिने त्यस्ता ईमेल नक्कली व्यक्ति अथवा स्रोतबाट आएको हुन्छ। तपाईंलाई आकर्षित गरेर उक्त ईमेलबाट तपाईंको बैंक खाता नम्बर, पासवर्डका साथै व्यक्तिगत जानकारी हासिल गर्न ह्याकर सफल हुन्छन्। त्यसैले त्यस्ता ईमेल दिएको लिंकहरूमा क्लिक नगर्नुहोस्।

सुरक्षित साइटमा मात्र पासवर्ड

वेबसाइटमा प्रयोग गर्दा उक्त वेबसाइटको यूआरएलमा ताल्चाको चिह्न देखिएको छ भने मात्र त्यस्तो साइटमा आफ्नो पासवर्ड प्रयोग गर्नुहोस्। ताल्चाको चिह्न भएका वेबसाइट सुरक्षित हुने भएकाले त्यस्तो विषयमा ध्यान दिन आश्वयक हुन्छ।

आपत्कालमा बैंकलाई सूचना

तपाईंलाई आफ्नो खातामा कुनै शंका लागेमा तुरुन्त बैंकलाई जानकारी गराउनुहोस्। खातामा रहेको पैसा हराएमा तुरुन्तै बैंकलाई जानकारी गराउँदा पैसा फिर्ता आउने सम्भावना हुन्छ। त्यसका लागि सबैभन्दा महŒवपूर्ण कुरा हरेक कारोबार गर्दा मोबाइलमा एसएमएसबाट जानकारी गराउने सिस्टम लिनुहोस्।

लगआउट गर्न नबिर्सनुहोस

इन्टरनेट बैंकिङ प्रयोग गरिसकेपछि आफ्नो अकाउन्ट लगआउट गर्ने बानी विकास गर्नुहोस्। तपाईंले लगआउट नगरी छोड्नुभएको छ भने त्यसको दुरुपयोग हुन सक्छ।

स्मार्टफोनलाई सधैं लक गरेर राख्नुस् 

मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल सधैं लक गरेर राख्न जरुरी छ। त्यसले सुरक्षा प्रदान गर्छ। अर्को इन्टरनेट बैंकिङ प्रयोग गर्दा आफ्नो मोबाइलबाटै गर्नु सबैभन्दा सुरक्षित पनि हो।

मोबाइल हराएको खण्डमा आफ्नो मोबाइल अपरेटरलाई जानकारी दिएर आफ्नो नम्बर बन्द गर्ने र प्रहरीलाई जानकारी गराउँदा पनि तपाईंको खाताको सुरक्षा हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.