फ्रान्सेली क्लब मोनाकोका प्रशिक्षक थिएरी हेनरी बर्खास्त

फ्रान्सेली क्लब मोनाकोका प्रशिक्षक थिएरी हेनरी बर्खास्त

पेरिस : फ्रान्सेली फुटबल क्लब मोनाकोले प्रशिक्षक थिएरी हेनरीलाई पदबाट बर्खास्त गरेको छ । हेनरी आफ्नो समयका चर्चित खेलाडी हुन् । उनी फ्रान्सलाई विश्वकप फुटबलको उपाधि जिताउने टोलीका महत्वपूर्ण सदस्य पनि हुन् ।

पहिलो श्रेणीको क्लब मोनाकोले प्रशिक्षक बनाएको तीन महिनापछि नै ४१ वर्षीय हेनरीलाई पदबाट बर्खास्त गरेको हो । उनको प्रशिक्षकत्वमा मोनाकोले २० वटा खेलमात्र खेल्यो । मोनाकोले हेनरीलाई पदबाट बर्खास्त गरिएको बताए पनि हेनरीले भने आफैले पद छाडेको दाबी गरेका छन् ।

हेनरी मोनाकोकै पूर्वखेलाडी पनि हुन् । उनले सन् १९९४ देखि सन् १९९९ सम्म मोनाकोबाट ब्यवसायिक फुटबल खेलेका थिए । आफ्नो सक्रिय खेल जीवनमा हेनरीले मोनाकोका अतिरिक्त इटालियन क्लब युभेन्ट्स, इङ्लिस क्लब आर्सनल र स्पेनिस क्लब बार्सिलोनाबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए ।

जारी सिजनमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको मोनाको फ्रेन्च लिग तालिकाको रेलिगेसन क्षेत्रमा छ । फ्रेन्च लिगमा हालसम्म २१ खेल खेलेको मोनाको १५ अंकसहित तालिकाको १९औं स्थानमा छ । मोनाकोभन्दा पछाडि गुइनग्याम्पमात्र छ ।

हेनरीले प्रशिक्षणको जिम्मेबारी सम्हालेपछि मोनाकोले विभिन्न प्रतियोगितामा गरेर पाँच खेलमा सफलता हात पारेको छ । हेनरी पदमुक्त भएपछि अब शुक्रबार मोनाकोको प्रशिक्षणको जिम्मेबारी अस्थायी रुपमा उनका सहायक फ्रान्क पासीले सम्हाल्ने छन् ।

हेनरी गत अक्टोबरमा मोनाको प्रशिक्षकमा नियुक्त भएका थिए । गत शनिबार भएको स्ट्रासबर्गविरुद्घको खेलमा हेनरीले आक्रोशित हुँदै विपक्षी टोलीका डिफेन्डर केन्नी लालामाथि अपशब्द प्रयोग गरेका थिए । सोही कारणले उनी बिबादमा पनि तानिएका थिए । त्यसपछि उनले उक्त कार्यका लागि लालासँग माफी पनि मागेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.