१० करोड लगानीमा बंगुर औद्योगिक पार्क

१० करोड लगानीमा बंगुर औद्योगिक पार्क

पोखरा : पोखरामा १० करोड रुपैयाँ लगानीमा बंगुर व्यवसाय औद्योगिक पार्क निर्माण भएको छ। उपभोक्तालाई स्वस्थ बंगुरको मासु उपलब्ध गराउने उद्देश्यले सरकारको ६० प्रतिशत र किसानको ४० प्रतिशत लगानीमा पोखरा महानगरपालिका–३३, सेती नदी किनार सहरेतरामा पार्क निर्माण गरिएको छ। पार्क एक सय २० रोपनी क्षेत्रफलमा निर्माण भएको हो।

राज्यको ६ करोड र किसानको चार करोड लगानीमा मासु र बंगुरको बच्चा उत्पादनका लागि खोर तयार भइसकेको बंगुर व्यवसाय औद्योगिक पार्क व्यवस्थापन समिति तथा निर्माण समितिका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए। मासुका लागि ८० हजार वर्गफिट र माहु पाल्न ४० हजार वर्ग फिटको खोर तयार भएको उनले बताए। मासुका लागि १० हजार बंगुर पाल्न सकिने गरी खोर निर्माण भएको छ।

बच्चा उत्पादन गर्न १२ सय माउ पाल्न सक्ने क्षमता छ। बंगुर व्यवसाय औद्योगिक पार्कको प्रस्ताव बंगुर ब्रिडर कृषक सहकारीले गरेको उनले बताए। ०७३/०७४ को अन्त्यदेखि निर्माण सुरु भएको औद्योगिक पार्क आउँदो साउनदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको छ। बंगुरको खोरबाट निस्कने फोहोर व्यस्थापन कार्य बजेटका कारण रोकिएकाले संघीय सरकारले थप रकम छिट्टै निकासा गर्ने भएको छ। बंगुर व्यवसाय औद्योगिक पार्कमा ३५ जना किसान आवद्ध छन्।

पार्कमा सरकारको ६० प्रतिशत र किसानको ४० प्रतिशत लगानीमा छ।

सुरुमा प्रस्ताव पेस गरेको २२ करोडको बजेट हो। त्यसमा ७० प्रतिशत सरकारको र ३० प्रतिशत किसानबाट व्यहोर्ने गरी काम सुरु भएको अध्यक्ष गुरुङले बताए। ०७३ /०७४ र ०७४/०७५ मा बजेट आयो। ०७५/०७६ मा बजेट आएन। संघले प्रदेशले योजना लिने भन्यो। प्रदेशले यस आयोजनाकै नाममा छुट्टै बजेट नआएकाले बजेट दिन नसकिने भनेपछि काम रोकिएको थियो।

संघीय सरकारको कृषि मन्त्रालयले यो योजना आफैले पूरा गर्ने भनेपछि बाँकी निर्माण कार्य अघि बढेको उनले सुनाए। बंगुर पाल्दा सुरुमा नभई नहुने बच्चा उत्पादन र मासु उत्पादनका लागि चाहिने दुई प्रकारको खोर तयार भएको हो। स्लटर हाउस, बायोग्यास प्लान, स्टाफ क्वाटरलगायत महत्त्वपूर्ण काम हुन बाँकी रहेको उनले बताए। पोखरामा मागको ४० प्रतिशत बंगुरको मासु बाहिरी जिल्लाबाट ल्याइन्छ।

कास्कीमा बंगुरपालक किसान करिब एक सय ५० जना छन्। अहिले देशैभर अव्यवस्थित रूपमा बंगुरपालन भइरहेको छ। होटलको फोहोर, सडेगलेको फोहोर बंगुरलाई खुवाउने चलन छ। बंगुर व्यवसाय औद्योगिक पार्कले व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय स्तरको स्वस्थ दाना खुवाएर स्तरीय मासु उत्पादन गर्ने उनले बताए। भेटेनरी क्लिनिक पार्कभित्रै हुनेछ।

बंगुर व्यवसाय औद्योगिक पार्कमा सुरुमा महिनामा तीन सय बंगुर उत्पादन हुनेछ। त्यसपछि बिस्तारै संख्या बढ्दै जानेछ। पछिल्लो समय नेपालमा मात्र नभएर विश्वमै बंगुरको मासुको माग बढेको छ। अध्यक्ष गुरुङका अनुसार पछिल्लो समयमा नेपालमा कुखुरा र भैंंसीको मासुभन्दा बंगुरको मासुले बढी मूल्य पाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.