सुदूरपश्चिम प्रदेशमा श्रम स्वीकृति सुरु

सुदूरपश्चिम प्रदेशमा श्रम स्वीकृति सुरु

धनगढी : सुदूरपश्चिम प्रदेशमा पुनः श्रम स्वीकृति दिन सुरु गरिएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले श्रम तथा रोजगार कार्यालयमा २ जना व्यक्तिलाई पुनः श्रम स्वीकृति दिएर प्रदेशबाट सेवा सुरु गरेका हुन्।

धनगढी उपमहानगरपालिका–२ वैहावेहडीका दानबहादुर सिंह र गौरीगंगा नगरपालिका–६ वनवेहडाका गोरखबहादुर खवासले प्रदेशबाट पहिलो पुनः श्रम स्वीकृति लिएका छन्। सिंहले मलेसिया र खवासले साउदीका लगि पुनः श्रमस्वीकृत लिएका हुन्।

कार्यक्रममा मन्त्री सुवेदीले धनगढीबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि सुदूरपश्चिमका युवाहरुलाई काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए। ‘पहिलो चरणमा प्रदेशबाट नै पुनः श्रम स्वीकृतिको सुरु गरिएको छ’, उनले भने, ‘यो पनि संघीयता कार्यान्वनको एक कडी हो।’

बैदेशिक रोजगारबाट विदामा घर फर्किएकाहरु यस अघि पुनः श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता थियो। श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीले कार्यालयमा कर्मचारी नहुँदा निमित्तको भरमा सञ्चालन गर्नु परेको गुनासो गरे।

उनले पुनः श्रम स्वीकृति लिनका लागि इन्टरनेटबाट नै फारम भरी बैदेशिक रोजगारमा लाग्ने कल्याणकारी शुल्क बैंक मार्फत नै तिर्नुपर्ने बताए।  ‘इन्टरनेट मार्फत फारम र बैंकमा कल्याणकारी शुल्क तिर्ने हो’, उनले भने, ‘कार्यालयले सबै प्रक्रिया पूरा भएपछि पुनः श्रम स्वीकृत दिने काम गर्ने छ।’

कार्यालयमा सेवा सुरु भए पनि कर्मचारीको कोटा भने पूरा हुन सकेको छैन। श्रम कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहे पनि एक जना निमित्त प्रमुख र एक जना सुब्बा मात्रै कार्यरत छन्। करारमा दुई जना कार्यालय सहयोगी राखेर श्रम कार्यालय सञ्चालन गरिएको छ। कार्यालयमा उपसचिवको दरबन्दी रहे पनि सरकारले नपठाउँदा निमित्तको भरमा श्रम कार्यालय सञ्चालन गर्नु परेको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.