सिरहाको बस्तीपुरमा बस दुर्घटना : ३० घाइते, ३ गम्भीर

सिरहाको बस्तीपुरमा बस दुर्घटना : ३० घाइते, ३ गम्भीर

सिरहा : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन्। राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख २५८८ नम्बरको नवदुर्गा बस दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी गराए। उनका अनुसार घाइतेको विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

३ जना गम्भीर र अरु समान्य घाइते भएको बुझिएको निरीक्षक मिलन बताए। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.