यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल(अपडेट)
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएईमा नेपाल र यूएईबीचको खेल भइरहेको छ । यूएईले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिहेको छ ।
अपडेट : नेपालको १०० रन पूरा भएको छ । सन्दीप लामिछाने र आरिफ शेखले सम्मालिएर खेल्दै २२ रनको साझेदारी गरेका छन् । २९ ओभर सकिँदा नेपालको स्कोर १०३ रन पुगेको छ । ८ विकेटको क्षतिमा ।
नेपालको सातौं विकेट गुमेको छ । करण केसी ३ रनमै आउट भएका छन् । २४.३ ओभर सहिँदा नेपालको स्कोर ८० रन पुगेको छ ।
नेपालको ब्याटिङ लाइन धरासायी बनेको छ । लगातार २ विकेट गएको छ । पाचौं विकेटका रूपमा सोमपाल कामी ३० रन बनाएर आउट भएका छन् भने। त्यसलतै आएका पवन सर्राफ ४ रनमा आउट भए । आरिफ शेख र सोमपालले नेपालका लागि २४ रनको सझेदारी गरेका थिए । २२ ओभर सकिँदा नेपालको स्कोर ७७ रन छ । ६ विकेटको क्षतिमा ।
नेपालको चौथो विकेट गुमेको छ भरोसा गर्नलायक ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । आरिफ शेख क्रिजमा आएका छन् । १४ ओभरको खेल सकिँदा नेपालको स्कोर ५३ रन छ । ४ विकेटको क्षतिमा ।
नेपालको ब्याटिङ फितलो देखिएको छ । नेपालले तीन विकेट गुमाइसकेको छ। ज्ञानेन्द्र मल्ल शुन्य, विनोद भण्डारी ५ र कप्तान पारस खड्का २० नमा आउट भए । अहिले दिपेन्द्र ऐरी र सोमपाल कामी ब्याटिङ गरिरहेका छन् । १२ ओभरको खेल सकिँदा नेपालको स्कोर ४४ रन छ ।
नेपालले पहिलो विकेट गुमाएको छ । ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका छन् । बिनोद भण्डारी र पारस खड्का क्रिजमा छन् ।
नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्राको २३ वर्षे इतिहासमा यो दोस्रो एकदिवसीय शृंखला हो । गत मार्चमा जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एकदिवसीय टोलीको मान्यता पाएको नेपालले आफ्नो पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्ससँग खेलेको थियो।
गत अगष्स्को पहिलो साता नेदरल्यान्ड्समै भएको दुई खेलको उक्त शृंखला बराबरीमा टुङ्गिएको थियो ।