प्रियंकाको नजरमा आयुषमान : ‘दाह्रीमै सुहाउँछ’

प्रियंकाको नजरमा आयुषमान : ‘दाह्रीमै सुहाउँछ’

नायक आयुषमान देशराज जोशीले ‘चपली हाइट टु’ बाट फिल्मी करियर सुरु गरेका हुन्। कुनै समय उनी टेलिभिजनमा भीजे थिए। पछिल्लो समय उनी ‘छक्कापञ्जा २’, ‘कथा काठमाडौं’ र ‘चंगा चेट’ फिल्ममा देखिए। उनको लुक र दाह्रीका कारण पनि उनलाई मन पराउने फ्यान थुप्रै छन्। प्रस्तुत छ, नायक जोशीसँग सपना महर्जनले गरेको दाह्री संवाद :

अहिले तपाईंको कुन कटको दाह्री हो ?       

दाह्री १६ वर्षको उमेरदेखि नै आउन थाल्यो। कुन कटको दाह्री हो थाहा भएन ।

अहिलेसम्म कुनकुन कटको दाह्री बनाउनु भएको छ ?       

कुनै पनि कट छैन। दाह्री आयो भने मिलाउने मात्र गरेको छु। एक पटक फ्रेन्च बियर्ड ट्राई गरेँ तर आफैंलाई नसुहाएको जस्तो लाग्यो। अनि पूरै खौरिदिएँ ।

तपाईंलाई कुन सेलिबे्रटीको दाह्री मन पर्छ ?       

नेपाली सेलिब्रेटीले खासै दाह्री पालेको मलाई थाहा छैन। बलिउडमा साहिद कपुरको दाह्री एकदम मन पर्छ ।

तपाईंको साथीहरूको दाह्री ग्याङ छ कि छैन ?       

मेरो दाह्री ग्याङ बनाउन मिल्ने साथीहरूको ग्रुप छैन। किनकि मेरा साथीहरूमा मेरो मात्र झ्याप्पै दाह्री आउँछ ।

नायिका प्रियंका कार्कीसँगको प्रेम र इन्गेजमेन्टका कारण तपाईं मिडियामा छाइरहनु हुन्छ। उनलाई तपाईंको दाह्री कस्तो लाग्छ ?       

प्रियंकाले मलाई दाह्रीमै सुहाउने प्रतिक्रिया दिन्छिन्। मेरो फेसियल स्टक्चरको लागि अलिअलि दाह्री पालेकै सुहाउने बताउँछिन्। तर उनले कहिले पनि तिमी यस्तो गर, उस्तो गर भनेकी छैनन् ।

दाह्रीमा कलर गर्नु भएको छ?       

कहिल्यै पनि कलर गर्दिनँ। मलाई नेचुरल कलर नै राम्रो लाग्छ। कपालमा समेत म कलर गर्दिनँ। तर फिल्मको लागि भने कलर गरेको छु ।

दाह्रीको स्याहार कत्तिको गर्नुहुन्छ ?       

सुरुसुरुमा त निकै गाह्रो लाग्थ्यो। कलेज लाइफमा त झन् झन्झट लाग्थ्यो। तर पछि थाहा पाएँ, आफ्नो ख्याल राख्दा आफूसँग भएका चिजहरूको पनि ख्याल गर्नुपर्छ। किनकि सबैको झ्याप्पै दाह्री आउँदैन। जसको आउँछ, उसले त धुवाँधुलो, फोहोर सबै कुराबाट दाह्रीलाई बचाउनु प¥यो नि ।

दाह्री आफैं बनाउनुहुन्छ कि सैलुन जानुहुन्छ ?       

म कहिल्यै पनि आफै दाह्री बनाउँदिनँ। मैले दाह्री बनाउने निश्चित ठाउँ छ। जतिसुकै व्यस्त काम भए पनि दाह्री मिलाउन छुट्टै समय निकाल्छु ।

दाह्री भएकै राम्रो कि नभएको राम्रो ?       

राम्रो लाग्ने नलाग्नेभन्दा पनि दाह्रीमै हिँड्ने बानी लागिसक्यो। ऐनामा हेर्दा दाह्री भएन भने कस्तो देखिएला जस्तो लाग्छ। वर्षको एक पटक क्लिनसेभ गर्ने योजना बनाउँछु, ताकि गालाले सास फेर्न पाओस्। तर प्रायः चिनेजानेकाले दाह्री पालेकै राम्रो देखिन्छ भन्छन् ।

क्लिनसेभ गर्दा अरूले नचिन्ने भएको छ कि ?       

त्यस्तो त छैन, बरु अझै वयस्क देखिएको थिएँ। तर पहिलो पटक क्लिन सेभ गर्दा अलिअलि हँसीमजाक भएको थियो ।

खाना खाँदा आफ्नै दाह्रीले अप्ठ्यारो पार्दैन ?       

सुरुसुरुमा त हुन्थ्यो। पछि ‘प्रेम दिवस’ फिल्मका लागि मैले दाह्री पाल्नु परेको थियो। दाह्री मिलाउन र काट्न दुवै पाइएन। दाह्रीजुँगा झ्याप्पै पालेको थिएँ। त्यतिबेला निकै अप्ठ्यारो भयो। खान पनि नमिल्ने, धुलो अड्किने हुँदा गाह्रो भो। तर त्यो सबै आफ्नै लागि गरेको थिएँ। त्यसैले सफा गर्ने, स्याहार गर्ने कुरामा झन्झट लाग्दैन ।

नयाँ योजना ?       

मेरो नयाँ फिल्म ‘सानो मन’को सुटिङ चाँडै सुरु हुने भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.