जहाँबाट खेदिए बंगाली फौज

जहाँबाट खेदिए बंगाली फौज

हेटौंडा : मकवानपुरगढीमा बिहीबार २५६औं विजयोत्सव मनाइएको छ। गढी किल्लाबाट पृथ्वीनारायण शाहको सेनाले बंगालका नवाब मिर कासिम अलीको फौजनलाई पराजित गरेको इतिहास छ। त्यसकै स्मरणमा विगतमा स्थानीयले विजयोत्सव कार्यक्रम गर्दै आएका थिए। यसपटक भने सेनाकै सक्रियतामा कार्यक्रम गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमा बनाइएको नेपालको नक्सा अनावरण र राष्ट्रिय झन्डा उत्तोलन गरिन्। सेनाको औपचारिक आधार बोकेको यस क्षेत्रको संरक्षण आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताइन्। प्राकृतिक र ऐतिहासिक सम्पदा संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यो गढीले मुलुक एकीकरणको महŒवपूर्ण हिस्सा ओगटेको बताए। यसको संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजनाबद्ध ढंगले काम गरिने उनको भनाइ थियो।

मकवानपुरका सेनवंशीय अन्तिम राजा दिग्बन्धन सेन मकवानपुरगढीअन्तर्गत रहेको हरिहरपुर गढीको लडाइँमा गोरखाली फौजसँग हारेका थिए। उनी त्यसपछि बंगालका नवाब अलीको शरणमा पुगेका थिए। अलीको सहयोगमा २ हजार लडाकु र १ हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर सेनले मकवानपुरगढीमा १८१९ माघ १० गते आक्रमण गरेका थिए।

‘गुरगिन खाँ नेतृत्वको फौज होचो ठाउँ शिखरकटेरीतर्फ लागेको देखेर गोरखाली फौजले अग्लो स्थानबाट ढुंगामुढा लडाई बन्दुक ताकेर माघ ९ गते रातिदेखि १० गतेसम्म शत्रुपक्षसँग लडे’, खोजकर्ता केदार न्यौपानेले भने, ‘मुगल सैनिकका १७ सय फौज हताहत भए । गोरखालीको मनोबल उच्च भयो र बाँकीलाई लखेट्दै सिमाना कटाए ।’ उनका अनुसार विदेशी सेनासँग गोरखाली सेनाले हार बेहोरेको भए नेपाल एकीकरण अधुरो रहन सक्थ्यो।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले मिर कासिमका फौजबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरी पृथ्वीनारायण सैनिक संगठन निर्माणमा लागेको बताए। ‘त्यो युद्धमा प्रयोग भएका केही हतियार अझै सेनासँग छ’, उनले भने, ‘हामीले संग्रहालय बनाएर राख्न पहल गरिरहेका छौं।’

पुरानो गोरख गणका प्रमुख सेनानी अनिलकुमार बुढाथोकीले मकवानपुरगढीको वीरता ऐतिहासिक रहेको बताए। ‘पृथ्वीनारायण शाहले त्यति बेला       श्रीनाथ गण, सबुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र काली बक्स गण गठन गरेका थिए’, उनले भने, ‘ती गण अझै छन्।’

गढी सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र सात फिट चौडाइ भएको पर्खाल लगाइएको छ । मकवानपुरका राजा लुहाङ सेनले राज्यलाई सुरक्षित गराउन १६२२ मा गढी निर्माण गरेको इतिहास छ । कार्यक्रममा गढीको इतिहास खोजमा योगदान गरेको भन्दै केदार न्यौपाने र बद्री खतिवडालाई सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.