सचिव कुटपिट : मन्त्री नबोल्दा छानबिन ढिलाइ

सचिव कुटपिट : मन्त्री नबोल्दा छानबिन ढिलाइ

जनकपुरधाम : प्रदेश २ का एक मन्त्रीले सचिव कुटपिट गरेको घटनामा छानबिन प्रतिवेदन आउन ढिलाइ भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको प्रतिक्रिया नआएकाले प्रतिवेदन तयार पार्न नसकिएको छानबिन समिति संयोजक कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको भनाइ छ।

आर्थिक मामिलामन्त्री यादवले पुस २९ गते उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेका थिए। आफूनिकट गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै भिन्दै मन्त्रालयका सचिव झामाथि मन्त्री यादवले आक्रोश पोखेका थिए। दोषीलाई कारबाही गर्नुपर्ने मागसहित कर्मचारी आन्दोलित भएका थिए।

प्रदेश मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको थियो। कानुनमन्त्री यादव संयोजकत्वको समितिलाई ६ दिनको समय दिइएको थियो। त्यसअनुरूप समितिले माघ ४ भित्रै प्रतिवेदन बुझाउनुपर्ने थियो। तर, १२ दिन बितिसक्दा पनि समितिले प्रतिवेदन बुझाएको छैन।

‘अर्थमन्त्रीज्यू पार्टीको कार्यक्रममा सहभागी हुन काठमाडौं जानुभएको थियो’,

कानुनमन्त्री यादवले भने, ‘म पनि व्यस्त भएँ तर अब तीन दिनभित्र प्रतिवेदन ल्याउनेछौं।’ उनका अनुसार घटनाका विषयमा पीडित सचिव, प्रत्यक्षदर्शी, कर्मचारीसँग प्रतिक्रिया लिने काम भइसकेको छ।

प्रतिवेदनमा ढिलाइका कारण घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन। कर्मचारी आन्दोलन प्रतिवेदनको प्रतीक्षामा स्थगन गरिएको छ। समितिमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन जनकपुरका तर्फबाट गणपत झालाई सदस्यका रूपमा राखिएको छ। त्यसपछि कर्मचारीले विरोधका कार्यक्रम स्थगन गरेका थिए।

‘दोषीलाई कारबाही र पीडितलाई न्याय भएन भने आन्दोलनको विकल्प रहँदैन’, ट्रेड युनियनसम्बद्ध कर्मचारी बेचन महतोले भने। मुख्यमन्त्री लालबाबु राउतले पीडितलाई न्याय दिलाउने वाचा गरेकाले प्रतिवेदन पर्खेर बसेको उनको भनाइ छ। सरकारले सही प्रतिवेदन ल्याउनुपर्ने माग उनले गरे। सही प्रतिवेदन नआए न्यायका लागि अगाडि पहल गर्ने सचिव झाको भनाइ छ। ‘हामीलाई सरकारप्रति पूर्ण विश्वास छ, उहाँहरूले गठन गरेको समितिले सही र सत्यतथ्य प्रतिवेदन ल्याउनेछ’, उनले भने, ‘पीडितको पक्षमा प्रतिवेदन आएन भने न्यायका लागि अन्य प्रक्रिया अपनाउनेछु।’

प्रदेश २ का सभामुख सरोजकुमार यादव घटनाका बेला अर्थमन्त्रीकै कार्यकक्षमा उपस्थित थिए। मन्त्रीले झापड नहानेको प्रतिक्रिया उनले सञ्चारकर्मीसँग दिएका थिए। सचिव झा आक्रामक शैलीमा प्रस्तुत भएपछि सामान्य विवाद भएको उनको दाबी छ। तर, घटना भएकै रात स्वास्थ्यमा समस्या आएपछि झा अस्पताल भर्ना भएका थिए। झापड हानिएकाले उनको गाला सुनिएको चिकित्सकको भनाइ थियो। झालाई मन्त्री यादवको निर्देशनमा प्रहरीले समातेर लगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.