प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन प्रदर्शनीमा

प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन प्रदर्शनीमा

जनकपुरधाम : धनुषाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले प्रर्दशनीमा राखेको छ। जिल्ला ट्राफिक कार्यालय जनकपुरले ६ महिनाको अवधिमा नियन्त्रणमा लिएका सवारीसाधन एक सातासम्म प्रर्दशनीमा राखिने प्रहरीले बताएको छ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी कागजात दुरुस्त नभएका, चेसिस नम्बर नभएका सवारी साधन सार्वजनिक गरेको हो। कागजात दुरुस्त नरहेका भारतीय नम्बरको चारपांग्रै सवारी साधन ३ वटा, विभिन्न ब्राण्डका मोटरसाइकल १४ थान र एउटा टेम्पो सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

उक्त सवारी साधन चोरी भएका, हराएका वा कागजात दुरुस्त नभई नियन्त्रणमा लिइएको हुँदा सम्बन्धित सवारी धनीले आवश्यक कागजातका साथ प्रक्रिया पुर्‍याइ आफ्नो सवारी साधन लिएर जानसक्ने प्रहरी निरीक्षक दिपक कुमार साहले बताए । 

एक सातासम्म उक्त सवारी साधनहरु प्रर्दशनीमा राखिने र सो अवधीमा कागजातसहित माग दाबी गर्न कोही नआएको खण्डमा भन्सार कार्यालयमा पठाइने निरीक्षक साहले जानकारी गराए। 

चालु आर्थिक वर्षमा कार्यालयले आवश्यक कारवाहीका लागि भारतीय नम्बरको १ ट्रक, २ स्कारपियो, २ कार र १ ग्रेडरलाई जलेश्वर भन्सार कार्यालय पठाइसकेको छ। गत आर्थिक वर्ष कार्यालयबाट २२ हजार १ सय ८२ वटा सवारी साधनलाई कारवाहीबाट १ करोड २ लाख ८० हजार २ सय राजश्व संकलन गरिएको हो। चालु आर्थिक वर्षमा १२ हजार ४ सय १८ सवारी साधनमा कारवाही गरी ७७ लाख ६० हजार ५ सय राजश्व संकलन गरिएको हो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.