संसद बैठकअघि सहमति जुटाउन दुबै पक्षसँग छलफलमा सभामुख

संसद बैठकअघि सहमति जुटाउन दुबै पक्षसँग छलफलमा सभामुख

काठमाडौं : संसद बैठकअघि सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी र सत्तापक्षका नेताहरुसँग छलफल गरिरहेका छन् । आज बस्ने संसद बैठकमा टेबुल गर्न लागिएको चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, नेकपाका उपनेता सुभास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, कानूनमन्त्री भानुभक्त ढकाल, र उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग सभामुखले छलफल गरिरहेका हुन् ।

आज दिउसो १ बजे बस्ने भनिएको संसद बैठक भने अहिलेसम्म सुरु भएको छैन । कार्य व्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएपछि संसद बैठक बस्ने बताइएको छ ।

यसअघि संसद बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुको विरोधका कारण चिकित्सा शिक्षा विधेयक टेबुल हुन सकेको थिएन । आज बस्ने भनिएको संसद बैठकमा पनि कांग्रेसका सांसदहरुले सरकारले ल्याएको विधेयकको विरोध गर्ने जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.