सिरहाको बस्तीपुरमा बस दुर्घटना : १ को मृत्यु ,३० घाइते,२ गम्भीर (अपडेट)

सिरहाको बस्तीपुरमा बस दुर्घटना : १ को मृत्यु ,३० घाइते,२ गम्भीर (अपडेट)

सिरहा : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा १ को मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।घाइते ३० जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा वीरगंजका ३५ वर्षीय दिपराज यादव रहेको प्रहरीले जनाएको छ। उनको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। राजविराजबाट जनकपुरका लागि गुडेको ना.५ख. २५८८ नम्बरको बस कर्जन्हा नगरपालिका ४ स्थित तीव्र गतिका कारण स्ट्रीङ्ग फेल हुँदा दुर्घटना भएको चालक रामशरण यादवले प्रहरीलाई बताएका छन्। चालक पनि घाइते भएका छन्।

धुनषाको नगराइन नगरपालिका ४५ वर्षीय रामप्रताप राउत र भारतको सतेन्द्र यादव गम्भीर घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ। गम्भीर घाइते रामप्रताप राउतलाई थप उपचारका लागि धरान पठाइएको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हाका डा.शिव शंकर साहले जानकारी दिए। यहाँ उपचार सम्भव नभएकाहरुलाई धरान, विराटनगर र जनकपुर पठाइएको उनले बताए। 

घाइतेको नामावली
१. ढलक बहादुर खडका, ढल्केबर नपा ९, धनुषा

२. दिपेन्द्र यादव, सिरहा नपा ९ गुलरिया, सिरहा 

३. हरि शंकर साह, कटहरिया ५ रौतहट

४. रंजन साह 

५. निर्मला राउत, सबैला ४ धनुषा

६. आरएन राउत (निर्मलाको छोरा)

७. पुष्पा यादव, जनकपुर ९

८. हिमाकुमारी कामत, मिर्चैया नपा ६ सिरहा 

९. भुलीदेवी कापर, मिर्चैया नपा ६, सिरहा

१०. विजय साह, मिर्चैया नपा ५ सिरहा 

११. सिद्धान्त सिंह, जनकपुर ९ धनुषा 

१२. पवन साह, मिर्चैया नपा ५ सिरहा

१३. राकेश कुमार यादव, मंलगवा

१४. अनितादेवी राउत, धनुषा

१५. कविता कुमारी महतो, सिरहा

१६. राजाबाबु कुमार पटेल, मोतिहारी भारत 

१७. संजय कुमार पटेल, मोतिहारी भारत

१८. दिपक पटेल, मोतिहारी भारत

१९. सुभाष पटेल, मोतिहारी भारत

२०. पुनम राउत, धनुषा

२१. सतेन्द्र यादव, मोतिहारी भारत

२२. विरेन्द्र महतो ( सह चालक) 

२३ निषा चौधरी, धनुषा विरेन्द्र बजार

२४. मुनिदेवी दास, सुखिपुर, सिरहा

२५. हेमनारायण दास, सुखिपुर, सिरहा

२६. निर्मला राउत, सबैला ४ धनुषा

२७. साजन राउत, सिरहा

२८. रामप्रताप राउत, नगराइन नगरपालिका ८ धनुषा

२९. एक जना चोट पटक लाग्दा बोल्न नसकेको घाइते

३०. रामशरण यादव( चालक), धनुषा नपा ८, धनुषा   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.