संसद् बैठकमा कांग्रेसको अवरोध : संसदीय मर्यादा कायम गर्न माग
काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सदन अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले पटकपटक आफ्नो सिटमा बस्न अनुरोध गरेपनि कांग्रेस सांसदले विरोध जारी राखेका छन् ।
जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ (केन्द्र) अन्तर्गत राखेर भविष्य सुरक्षित गर्न सरकारलाई सचेत गराउन कांग्रेसले चर्को नाराबाजी गरेको हो । सँगै कांग्रेस सांसदले संसदीय मर्यादालाई कायम गर्न मागसमेत गरेका छन् ।