होटलमा आगलागी हुँदा बीस लाखभन्दा बढीको क्षति

होटलमा आगलागी हुँदा बीस लाखभन्दा बढीको क्षति

बेनी : अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ घारस्थित एक होटलमा शुक्रबार दिउँसो आगलागी हुँदा बीस लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। घारको तोपेचौरस्थित भुपेन्द्रबहादुर खड्काले सञ्चालन गरेको एक्सिलेन्ट भ्यु लज एण्ड रेष्टुरेष्ट आगलागीबाट जलेर पूर्ण रुपमा जलेको छ।

जस्तापाताले छाएको, एक तले पाँच कोठे घरमा आगलागी हुँदा त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, फर्निचर लगायत सबै सामग्री जलेर नष्ट भएको घार प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार सिलिण्डरबाट ग्याँस चुहावट भएर आगलागी भएको अनुमान गरिएको छ। प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल हुन सकेन्।  

वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले आगलागीबाट बीस लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको बताए। पीडित खड्काको परिवारलाई आफन्तकोमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ। राहतको लागि गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिने वडाअध्यक्ष बरुवालले बताए। घार विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको भुरुङ्ग तातोपानी-घोडेपानी खण्डमा पर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.