पेलेरै विधेयक पारित : ड्यासमा कसरी पुगे शिक्षामन्त्री ? (फोटो फिचर)

पेलेरै विधेयक पारित : ड्यासमा कसरी पुगे शिक्षामन्त्री ? (फोटो फिचर)

तस्बिर : दिपेन श्रेष्ठ 

काठमाडौं : सत्तापक्षीय सांसदको बहुमको बलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ। 

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए। त्यसपछि प्रतिपक्षी दलका सांसदले शिक्षामन्त्रीलाई रोक्न गरेको प्रयासलाई विफल पार्दै मर्यादापालकले उनलाई ड्यासमा पुर्याएका थिए।

मन्त्री पोखरेलले पेश गरेको विधेयक संसदको बहुमतले पारित गरेको छ। विधेयक पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद् भने रोष्टम घेराउ गरेर नाराबाजी गरिरहेका थिए।

कसरी भयो विधेयक पास ?
शुक्रबारको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद् पुष्पा भुसालले आफ्नो धारणा राखिन् । उनले धारणा राखे लगत्तै आआफ्नो स्थानबाट उठेर कांग्रेस सांसदले नाराबाजी सुरु गरे । सभामुखले पटकपटक आफ्नो स्थानमा गएर बस्न आग्रह गरेपनि उनीहरुले नाराबाजीलाई निरन्तरता दिए। 

पटकपटक आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुख महराले विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाएका हुन्। विरोधबीच मन्त्री पोखरेललाई विधेयक टेबुल गर्न सभामुखले अनुमति दिए। 

सभामुखको अनुमति लगत्तै कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्ने प्रयास गरे पनि मर्यादापालकको सहयोगमा मन्त्री पोखरेल ड्यासमा पुगेका थिए। 

विधेयक टेबुल भएपछि सभामुख महराले छलफलका लागि नाम टिपाउन सांसद समय दिए। तर, कुनै सांसदले नाम नदिएपछि संसदीय उपसमितिको प्रतिवेदनलाई स्वीकार गर्दै विधेयकको अंग बनोस् भन्ने प्रस्ताव पेश गरे। 

उपसमितिको प्रतिवेधन विधेयकको अंगको रुपमा स्वीकार भएपछि सभामुख महराले विधेयकलाई निर्णायार्थ संसदमा पेश गर्न मन्त्री पोखरेललाई अनुमति दिए।  विधेयक टेबुल गरेर ड्यासमै बसेका मन्त्री पोखरेलले निर्णायार्थ पेश गरेलगत्तै संसदको बहुमतले बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको हो। 

चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा पेश गरेको दाबी गरेको छ। डा। केसी भने गलत मनसायले विधेयक संसदमा पुगेको भन्दै १६ पटक अनसनमा छन्। इलामबाट अनुसन सुरु गरेका केसीको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। केसी अनसन बसेको १७ औं दिनमा शुक्रबार संसदबाट विधेयक पारित भएको हो। 

संसदको अर्को बैठक माघ १७ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.