तीनदेखि डोल्पामा टेलिफोन र इन्टरनेटमा समस्या

तीनदेखि डोल्पामा टेलिफोन र इन्टरनेटमा समस्या

दुनै,डोल्पा : तीन दिनदेखि डोल्पाको सदरमुकामलागायत आसपासका क्षत्रमा इन्टरनेट र मोबाइल फोनमा समस्या आएको छ ।हिमपातसँगै नेपाल टेलिकमको मोबाइल र इन्टरनेटमा समस्या आएपछि स्थानीय समस्यामा परेका छन्। सञ्चारको भरपर्दो माध्याम नै नेपाल टेलिकमको मोबाइल र इन्टरनेट रहेको र त्यहि पनि बारम्बार समस्यामा आउने गरेपछि स्थानीयबासी  मर्कामा परेका हुन्। 

दर्जन रिपिटर टावर हुँदै डोल्पाको सदरमुकाम दुनैसम्म आइ पुग्ने मोबाइल र इन्टरनेट सेवामा आउने र जाने समस्या भएपछि दैनिक कारोबार समेत रोकिएको आइएमइ सञ्चालक मनोज बोहोराले बताए। 

बोहोराका अनुसार इन्टरनेटबिना कुनै काम हुँदैन, भएको एउटा एडीएसएल पनि आउने जाने गर्दछ,' उनले भने, 'एक सातादेखि भरपर्दो छैन, आफूजस्ता दर्जन व्यवसायी मर्कामा परेका छन्।' अग्ला डाँडामा राखिएको रेडियो लिङका रिपिटर टावरमा पावरको पनि समस्या रहेको र अन्य प्राविधिक कुराहरु पनि मिलाउन पर्ने हुँदा मोबाइल फोन र इन्टरनेटमा समस्या आएको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले जानकारी दिए। 

खनालका अनुसार माइथाप्लामा समस्या आएको छ, चिसो छ, काम गर्न कठिन भएको छ, हामी निरन्तर लागि रहेका छौं भने।एक सातादेखि डोल्पाको जुफाल बिटिएसबाट सञ्चालन हुने सबै क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा बन्द छ। 

सञ्चारविहीन भएपछि बिमानस्थलमा समस्या हुने गरेको समिट यएरका स्टेसन इन्चार्च पूर्णजंग शाहीले जानकारी दिए।  मोबाइल फोन नभएपछि जहाजका बारेमा बुझ्न पाइँदैन, एकैपटक जहाज धावनमार्गमा पुगेपछि थाहा हुन्छ, निकै समस्या भइरहेको छ,' शाहीले सुनाए। 

इन्टरनेटमा समस्याका कारण बैंकिङ काम पूर्णरुपमा प्रभावित भएको छ। नेपाल टेलिकमको नेटमा समस्या भएपछि महगो भिष्याटबाट काम गरिरहेको सिटिजन्स बैंकका प्रबन्ध नबिन बोहोराले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.