सरकारको जबर्जस्ती संसदीय मर्यादा विपरित : राप्रपा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको तर्फबाट जबरजस्ती ढंगले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आपत्ति जनाएका हुन् । गणितीय शक्तिका आधारमा प्रतिपक्षको आवाजलाई निषेध गरिनु संसदीय प्रजातन्त्रको मर्यादा विपरित भएको राप्रपाको भनाइ छ ।
‘प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलको विरोधका बाबजुत सरकारका तर्फबाट जबरजस्ती ढंगले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यले मुलुक मुठभेडको दिशामा अघि बढने अवस्थाको सिर्जना भएकोमा राप्रपा चिन्ता व्यक्त गर्दछ’, श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘गणितीय शक्तिका आधारमा प्रतिपक्षको आवाजलाई निषेध गरिनु संसदीय प्रजातन्त्रको मर्यादा विपरित हो ।’