योजना बैंक स्थापना गर्दै प्रदेश ३ सरकार

योजना बैंक स्थापना गर्दै प्रदेश ३ सरकार

दोलखा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले केही समयमै प्रदेश सरकारले योजना बैंक स्थापन गर्ने बताएका छन् । मुख हेरेर तथा २–४ लाखे कार्यक्रम ल्याएर काम नहुने जिकिर गर्दै मुख्यमन्त्री पौडेलले प्रभावकारी विकासका योजना छनौट गर्न योजना बैंकको स्थापना गरिन लागिएको बताएका हुन् । 

शुक्रबार भीमेश्वर नगरपालिका चरिकोटले गरेको २३ औं स्थापना दिवस कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘जिल्लाहरुबाट महत्वपूर्ण भनेर पठाएका योजनाहरुलाई बैंकमा राखिन्छ’, मुख्यमन्त्री पौडेलले भने, ‘अनि सफ्टवेयरले देखाउँछ, त्यसमध्येबाट चुनिएर योजना लागू गर्न योजना बैंकको स्थापना गरिन लागिएको हो ।’ 

परिणाम नदिने खालका जस्तो पायो त्यस्तो योजना नल्याउनसमेत मुख्यमन्त्री पौडेलले दोलखाका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । टोले विकासका लागि नभई ठूला ठूला ४–५ ओटा योजना सर्वसम्मतिले पठाएमा लगानी गर्न प्रदेश सरकार पछि नपर्ने उनको धारण थियो । दोलखालाई देशकै चौथो पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता उनले फेरि पनि दोहो¥याएका छन् ।

प्रधानमन्त्री केपी ओलीले केही समयअघि दोलखामा फिल्मसीटी बन्न योग्य नभएको बताए पनि मुख्यमन्त्री पोडेलले भने फिल्म सिटीको काम अघि बढाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । ‘स्रोतको अभावमा हो कि अरु कुनै कारणले हो पत्ता लगाएर आउनुस्’, मुख्यमन्त्री पौडेलले भने, ‘दोलखामा फिल्म सिटी बन्छ ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.