स्टक डिलर बैशाखदेखि संचालन गर्ने तयारी

स्टक डिलर बैशाखदेखि संचालन गर्ने तयारी

काठमाडौं : स्टक डिलरको काम गर्न प्रबन्धपत्र नियमावली तयार भइसकेको छ । प्रबन्धपत्र नियमावली पास भएर आएपछि नागरिक लगानी कोषले सहायक कम्पनी स्थापना गरी स्टक डिलरको कार्य सम्पादन गर्ने तयारी थालेको हो ।

हाल उक्त प्रबन्धपत्र अर्थ मन्त्रालयमा पुगेको छ । कोषका कार्यकारी निर्देशक रमण नेपालले आगामी बैशाखदेखि स्टक डिलर संचालन आउने गरी कोषले कार्यसम्पादन अघि बढाएको बताए । कोषले यसका लागि नयाँ सफ्टवेयरहरू अपग्रेट गरिरहेको छ ।

‘यसका लागि कोषले आवश्यक नीतिगत तथा भौतिक संरचना तयार गरिरहेको छ,’ उनले भने, ‘यसका अतिरिक्त पूँजीबजार विस्तारका लागि अन्य संस्थासँग सहकार्य गरी मध्यम र दीर्घकालीन स्वरूपका बण्ड डिबेञ्चरको निष्कासन प्रबन्धकको कार्य गर्ने पनि कार्यकारी निर्देशक नेपालले बताए ।

कोषले स्टक डिलर संचालनमा ल्याएपछि तिब्र रुपमा घट्दै आएको सेयर बजारमा स्थायित्व आउने सम्बन्ध क्षेत्रका विज्ञहरूले बताएका छन् । कोषले पूँजी बजारमा विदेशी लगानी भित्र्याउन मिल्ने गरीे ऐन समेत परिमार्जन गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.