जन्ती बसमा करेन्ट प्रवाह : मृत्यु हुनेको संख्या सात पुग्यो (अपडेट)
धनुषा : धनुषामा जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।
धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको हो।
धनुषाका एसपी गोविन्द थपलीयाका अनुसार दुर्घटनामा अन्य १९ बढी घाइते भएका छन्।
ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो।
बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।