रिहाइपछि नेविसंघको राँके जुलुस
काठमाडौं : शुक्रबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहितका नेता तथा कार्यकर्ताले साँझ राँके जुलुस निकालेका छन्।
सात घण्टा हिरासतपछि रिहा भएका नेविसंघ नेता तथा कार्यकर्ताले शुक्रबार साँझ बिजुलीबजारदेखि नयाँ बानेश्वरसम्म राँके जुलुस निकालेका हुन्।
नेविसंघले माफियाको ईशारामा पास भएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।