जन्तीबसमा करेन्ट : ७ को मृत्यु, २० भन्दा बढी घाइते

जन्तीबसमा करेन्ट : ७ को मृत्यु, २० भन्दा बढी घाइते

जनकपुरधाम : धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको ज्यान गएको छ। २० भन्दा बढी घाइते भएका छन्। सबैला नगरपालिका–४ कोठिया बल्टियामा दुर्घटना भएको हो।

जन्तीबसमा ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको थियो। सिन्धुलीको दुधौली नगरपालिका–९ जीतपुरका रामप्रसाद अधिकारीका छोरा रामवरण कुँवरको बिहेका लागि जन्ती आएका थिए। बल्टियाकी सरस्वतीकुमारी दनुवारसँग शुक्रबार दिउँसै वैवाहिक कार्यक्रम सम्पन्न भई जन्ती फर्किंदै थिए।

बेहुला पक्षका रामनरेन अधिकारीका अनुसार बिहे सकिएर दुलाहादुलही सानो गाडीमा सिन्धुलीतर्फ लागेका थिए। ‘दुई बस जन्तीमध्ये पहिलो बस निस्केपछि दोस्रोमा करेन्ट लाग्यो’, अधिकारीले भने।

लालिमा ट्राभल्सको ना५ख १७५२ नम्बरको बसको छतमा राखिएको जस्ताको बाकसमा ११ हजार भोल्ट प्रवाह भएको थियो। त्यसपछि धेरै जन्तीले हाम फालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। छ जनाको घटनास्थलमै र एक जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार गर्दा ज्यान गएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।

मृत्यु हुनेमा ३० बर्से लीला अधिकारी, २२ बर्से पूजा अधिकारी, ३५ बर्से रेशमदेव कुँवर, नौ बर्से आक्रोश कुँवर र रामबाबु अधिकारी रहेको प्रहरीले जनाएको छ। अन्य दुईको सनाखत हुन सकेको छैन।

करेन्टबाट घाइते भएका बाँकी जन्तीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै प्रहरी र स्थानीय उद्धारमा जुटेको प्रहरी उपरीक्षक थपलियाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.