इतिहास रच्‍ने दौडमा आर्मी र थ्रीस्टार

इतिहास रच्‍ने दौडमा आर्मी र थ्रीस्टार

सिमरा : दसौं सिमरा गोल्डकपको उपाधिका लागि साबिक विजेता त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब शनिबार भिड्दै छन्। सिमरा रंगशालामा हुने फाइनल भिडन्त दुवै टोलीका लागि इतिहास रच्ने अवसर हुनेछ। छैटौं र नवौं संस्करणको विजेता आर्मी तेस्रो पटक उपाधि उचाल्ने अभियानमा छ। थ्रीस्टार भने पहिलो पटक उपाधि जितेर इतिहास बनाउने लक्ष्यमा छ।

सिमरा गोल्डकपको उपाधि आर्मी र मनाङ मस्र्याङ्दी क्लबले दुईदुई पटक उचालिसकेका छन्। तेस्रो र चौथो संस्करणको उपाधि उचालेको मनाङले यस वर्ष प्रतियोगितामा भाग लिएन। मनाङ सहभागी नभएका कारण पनि आर्मीलाई यो वर्ष सर्वाधिक सफल टोलीको रूपमा उभ्याउने अवसर हुनेछ।

आर्मी तेस्रो पटक उपाधि उचाल्ने रणनीतिमा मैदानमा उत्रिँदा थ्रीस्टार भने अघिल्लो संस्करणको उपाधि भिडन्तमा बेहोरेको हारको बदला लिँदै गोल्डकप विजेताको सूचीमा नाम दर्ता गर्ने दाउमा हुनेछ। गत वर्षको संस्करणमा यी दुवै टोलीले उपाधिका लागि भिडन्त गरेका थिए। जसमा आर्मीले २–० को नतिजा निकाल्दै उपाधि उचालेको थियो।

अघिल्लो वर्ष आर्मीलाई उपाधि दिलाउन गोल गरेका नवयुग श्रेष्ठ र दिनेश हेम्जन भने यस वर्ष टोलीमा छैनन्। घाइते भएर आराम गरिरहेका नवयुग र हेम्जनको अभाव आर्मीलाई खड्किनेछ। ए डिभिजन लिगपछि आर्मी र थ्रीस्टारले मोफसलको दोस्रो प्रतियोगिता खेल्दैछन्। यसअघि आर्मी विशाल मेमोरियल र थ्रीस्टार खप्तड गोल्डकपमा सहभागी भएका थिए। आर्मीले विशाल मेमोरियलको उपाधि रक्षा गर्दा थ्रीस्टार भने नेपाल पुलिस क्लबसँग उपाधि भिडन्तमा पराजित भएको थियो।

खप्तडको उपाधि नजिक पुगेर निराश भएको थ्रीस्टार आर्मीलाई पराजित गरेर यस सिजनको पहिलो उपाधि उचाल्न उत्साहित देखिन्छ। थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले एक दशकको इतिहास सिमरा गोल्डकपले रच्दै गर्दा आफूहरू पनि एउटा इतिहास रच्ने लक्ष्यमा रहेको बताए। ‘दसौं संस्करणसम्म आइपुग्दा विजेताको सूचीमा थ्रीस्टारको नाम छैन। त्यसैले पनि हामीलाई केही दबाब छ’ प्रिम्याच कम्फ्रेन्समा केसीले भने ‘यस वर्ष उपाधि उचाल्ने मात्र नभई इतिहास रचेर फर्कने हाम्रो लक्ष्य छ।’

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले दुई टोलीबीचको फाइनल भिडन्त रोमाञ्चक हुने बताए। ‘दुवै टोली बलिया छन्, खेल निकै प्रतिस्पर्धात्मक हुन्छ’ केसीले भने ‘हारजित आफ्नो ठाउँमा छ, प्राप्त अवसरलाई सही सदुपयोग जसले गर्न सक्छ, उसैले उपाधि जित्नेछ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.