विमानस्थलमा प्रधानमन्त्रीलाई नेविसंघको कालो झण्डा
काठमाडौं : विश्व आर्थिक मञ्चको ४९औं बैठकमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालो देखाएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा डोमेस्टिक अगाडी नेविसंघले कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउने कार्यमा संलग्न नेविसंघका चार जना कार्यकर्ताले प्रहरीले नियन्त्रणनमा लिएको छ। प्रमुख प्रतिपक्षि दल कांग्रेसको अवरोधका बाबजुद शुक्रबार संसदमा चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा नेविसंघले कालो झण्डा देखाइ विरोध गरेका हुन् ।