नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउँदै यूएई : पाँच ओभरमा तीन विकेट गयो

नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउँदै यूएई : पाँच ओभरमा तीन विकेट गयो

काठमाडौं : एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला खेल्न यूएई भ्रमणमा रहेको नेपालली क्रिकेट टोलीले शनिबारको खेलमा यूएईलाई २४३ रनको चुनौती दिएको छ। अहिले यूएईले नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ। 

आईसीसी एकेडेमी दुबई रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। पूरै ५० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो। 

एक दिवसीय खेलमा नेपालले सर्वाधिक रनको चुनौती प्रस्तुत गरेको हो।  नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४ रन बनाए भने पहिलो विकेटका लागि विनोद भण्डारीसँग ६१ रनको साझेदारी गरे। विनोदले भने व्यक्तिगत २१ रन जोडे। 

नेपालका भरपर्दा ब्याट्सम्यान कप्तान पारस खड्का, दिपेन्द्रसिंह ऐरी र पवन सर्राफ जम्न सकेनन्। कप्तान पारस २१ रनमा आउट भए भने दीपेन्द्रले १० रनमात्र जोड्न सके। पवनले दोहोरो अंकसम्म जोड्न सकेनन्। उनी ८ रनमा आउट भए। 

नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। आरिफ शेख र रोहितले ८२ रनको साझेदारी गरे। रोहितले ५५ रन जोड्दा आरिफले २९ रन बनाए। करण केसीले १८ रन जोड्दा सन्दीप लामिछानेले १४ रन जोडे। 

उता बलिङतर्फ यूएईका इमरान हैदर र अमिर हयातले तीनतीन विकेट लिए भने मोहम्मद नाभिद, जहुर खान र अश्फाक अहमदले एकएक विकेट लिए। 

नेपालले दिएको विशाल रनको लक्ष्य पछ्याउने क्रममा अहिले यूएई ब्याटिङ गरिरहेको छ। पाँच ओभर खेल्दा यूएईले तीन विकेटको क्षतिमा २४ रनमात्र जोड्न सकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.