रोहित पौडेलले बनाए कम उमेरमै अर्धशतकको रेकर्ड
काठमाडौं : नेपाली क्रिकेटर रोहितकुमार पौडेलले कम उमेरमै अर्धशतक प्रहार गर्ने ब्याट्सम्यानको रेकर्ड बनाएका छन्।
एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला अन्तर्गत शनिबार यूएईविरुद्धको खेलमा रोहितले कम उमेरमै अर्धशतकको रेकर्ड बनाएका हुन्।
उनले १६ वर्ष चार महिना २४ दिनमा अर्धशतक प्रहार गरेका हुन्। नेपालले यूएईलाई २४३ रनको चुनौती दिँदा ५८ बल खेलेका रोहितले सात चौकाको मद्दतमा ५५ रन जोडेका हुन् । रोहितले यूएईविरुद्ध ५५ रन जोड्दा २७ वर्ष पुरानो रेकर्ड तोडिएको हो।
आईसीसी एकेडेमी दुबई रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। पूरै ५० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो।
अहिले यूएईले नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ। नौ ओभरको समाप्तिमा यूएईले चार विकेटको क्षतिमा ४२ रनमात्र जोडेको छ।