सन्दीप लामिछानेले एक ओभरमै लिए तीन विकेट

सन्दीप लामिछानेले एक ओभरमै लिए तीन विकेट

काठमाडौं : एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला अन्तर्गत शनिबार यूएईविरुद्धको खेलको एक ओभरमै सन्दीप लामिछानेले तीन विकेट लिएका छन्। 

यूएईविरुद्धको खेलको १४ ओभरमा सन्दीपले तीन विकेट लिएका हुन्। १४.२ ओभरमा पहिलो विकेट लिएका सन्दीपले १४.३ र १४.६ ओभरमा विकेट लिएका हुन्। सोमपाल कामी एक्लैले चार विकेट लिइसकेका छन्। 

नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याइरहेको यूएईले १६ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा ७७ रन बनाएको छ। 

सोमपालले पहिलो ओभरको अन्तिम बल, तेस्रो ओभरको पाँचौं बल, पाँचौ ओभरको अन्तिम बल र छैटौं ओभरको पहिलो बलमा विकेट लिएका हुन्। सोमपाल एक्लैले यूएईका सुरुवाती चार ब्याट्सम्यानलाई आउट गरेका हुन्। 

सोमपालले चिराग सुरी, गुलाम सावेर, शाइमन अनवर र अस्फाक अहमदको विकेट लिए भने सन्दीपले सिपी रिजवान, फाहाड नवाज र अमिर हयातलाई आउट गरेका हुन्। 

१४.२ ओभरमा सन्दीप लामिछानेले व्यक्तिगत पहिलो विकेट लिएका छन्। उनले  सिपी रिजवानलाई आउट गरेका हुन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.