एक मिलियन अमेरिकी डलरको ‘ग्लोबल टिचिङ प्राइज’ मा लमजुङका शिक्षक छानिए

एक मिलियन अमेरिकी डलरको ‘ग्लोबल टिचिङ प्राइज’ मा लमजुङका शिक्षक छानिए

बेसीसहर : लमजुङका शिक्षक शमशेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन्। विश्वका १७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपालबाट थापा छानिएका हुन्।

अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए। तीमध्येबाट ३८ देशका ५० जना छनौैट भएको थापाले बताए। बेलयती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा दिने यो पुरस्कारको राशि एक मिलियन अमेरिकी डलर (१० करोड १२ लाख रुपैयाँभन्दा बढी) छ।* त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक हुनेछ।

यदि आफू पुरस्कृत भएमा पुरस्कारको रकम कक्षा ५ र ६ का विद्यार्थीहरुका लागि कक्षाकोठा बनाउन खर्चिने थापाले बताएको भार्की फाउन्डेसनको वेबसाइटमा रहेको उनको प्रोफाइलमा उल्लेख छ । 

बेसीशहर–३, गाउँशहरका थापा ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहे। थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको   खोले।

अंग्रेजी माध्यमबाट पढाइ हुने ती विद्यालयमा फि अनिवार्यता छैन। गरीब परिवारका विद्यार्थीले सो विद्यालय पढ्छन्। हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदै आएको छ।

थापाका अनुसार विद्यार्थीलाई आवश्यक किताब, कापी, कलममात्र नभई पोशाकको समेत प्रबन्ध विद्यालय सञ्चालकतर्फबाट गर्ने गरिएको छ। विद्यालयमा पूर्ण बालमैत्री वातावरणमा अध्यापन गर्ने गरिएको थापाको भनाइ छ। उनका अनुसार विद्यालयको पोशाक नेपालीपन झल्कने गरी तयार गरिएको छ।  

बिहान प्रार्थना हुनुअघि विद्यार्थीलाई नाच्न लगाइन्छ, घोड चढी त्यो विद्यालयको अर्को विशेषता रहेको थापाको भनाइ छ। उनले भने ‘घोड चढीले विद्यार्थीमा आत्मविश्वास बढ्ने, साहसी स्वभावको विकास हुने देखिएको छ।’

विद्यालयमा शनिबार विद्यार्थीलाई कुकिङ सीप सिकाइन्छ। त्यसले बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको अभिवृद्धि हुनुका साथै बालबालिकाले विभिन्न परिकार खान पाउने हुँदा उनीहरूलाई कुपोषणबाट बचाउन र पढाइप्रति रुचि जागृत गर्न मद्दत मिल्ने थापाको भनाइ छ।

विद्यालयमा देखिएको सोही वातावरणका आधारमा आफूलाई पुरस्कारका लागि छनौट गरिएको हुन सक्ने उनले अनुमान गरे। यसअघि उनले ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ प्राप्त गरेका थिए।


(*१० करोड १२ लाख हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.