सरकारविरुद्ध आन्दोलन गर्ने देउवाको घोषणा, महामन्त्री कोइराला भन्छन्- रुन-हाँस्नै नपाइने भयो

सरकारविरुद्ध आन्दोलन गर्ने देउवाको घोषणा, महामन्त्री कोइराला भन्छन्- रुन-हाँस्नै नपाइने भयो

ग्वाल्टार (सिन्धुली) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। वर्तमान सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै देउवाले आन्दोलनको चेतावनी दिएका हुन्।

शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा सहिद बाबुराम बरालको शालिक अनावरण गर्ने क्रममा देउवाले यस्तो बताएका हुन्।

सरकारले सदनबाट चिकित्सा शिक्षा विधेयक जवर्जस्ती पास गर्नु अधिनायकवादको चरम रुप भएको बताउँदै देउवाले त्यसको विरुद्ध कांग्रेस सदन र सडकमा सशक्‍त रुपमा लड्ने बताए।

‘डा. गोविन्द केसीको मागमा पार्टीको समर्थन रहिरहने छ,’ उनले भने, ‘गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताललाई संघ मातहतबाट हटाउने निर्णय नसच्याए सदन र सडक ठप्प पार्छौँ।’

सरकारले प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चेर हिँडेको पनि सभापति देउवाको आरोप थियो। उनले थपे, ‘संसदीय अभ्यास ध्वस्त बनाएर सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ।’

हाँस्न रुन पनि नपाइने भो : महामन्त्री कोइराला

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिलेको सरकार हिटलर जस्तै अधिनायकवाददको बाटोमा हिँडेको आरोप लगाए।

‘एकलौटी चिकित्सा शिक्षा विधेयक पास हुनु अधिनायकवादको चरम सीमा नाघ्नु हो। निर्वाचनका बेला हामीले कम्युनिस्टले जिते अधिनायकवाद लागू हुने र अधिनायकवादमा हाँस्न र रुन पनि नपाउने भनेका थियौं। यसपटक त्यही रुप देखियो।’

कांग्रेसमा हावी भएको गुट राजनीति र मतभेदको फाइदा कम्युनिस्टहरूले पटकपटक उठाएको जिकिर गर्दै उनले अब कांग्रेस नयाँ दस्तावेज सहित सहमति र एकताको संकल्प गरेर एक ढिक्का भएको दावी गरे।

‘नेपाली कांग्रेस एक ढिक्का भएर लागे कसैले नेपाली जनतामाथि खेलबाड गर्न सक्ने छैनन्। चार वर्षपछिको निर्वाचनमा नेपाली कांग्रेस देशको ठूलो पार्टी भएर उदाउने छ। यसका लागि अब कसैले रोकेर रोकिन्न,’ उनले थपे।

लोकतन्त्र र गणतन्त्र कांग्रेसले बोक्छ : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार आफ्नै कारण ढल्ने दावी गरे। कम्युनिस्ट सरकार ढले पनि कांग्रेसले लोकतन्त्र र गणतन्त्र ढल्न नदिने उनले बताए।

‘सरकार एक पछि अर्को अपराधिक दलदलमा फस्दै जाँदा ढल्ने खतरामा पुगेको छ। सरकार ढलेपनि कांग्रेसको बलमा आएको लोकतन्त्र र गणतन्त्र ढल्न नदिनेगरी काँधमा जिम्मेवारी बोकेर अव कांग्रेस नवीन ढंगबाट अघि बढेको छ’, उनले भने।

प्रवक्ता शर्माले ओली सरकारले डा. गोविन्द केसीको मृत्यु चाहेको आरोप लगाए। ‘विगतमा कांग्रेसको नेतृत्वमा बनेको सरकारले गरेका राम्रा कामलाई अहिलेको सरकारले आफैंले गरेको भनिरहेको छ। कांग्रेसले अहिले पनि सालिन प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ। यसलाई कमजोरी नठानियोस।’

चिकित्सा शिक्षा विधेयक पारित गराउँदा सदनमा भएको घठनाले सरकारको विश्वास गुमेको उनको ठम्याई छ।

२००७ सालको राणा शासन विरुद्धको क्रान्तिको नेतृत्व गरेका बाबुराम बरालको जन्म थलो ग्वाल्टारमा स्थानीयको अग्रतामा अर्धकदको शालिक निर्माण गरिएको छ। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका सहयात्री बराललाई २००७ सालमा रौतहट जिल्लामा २१ वर्षको उमेरमा हत्या गरिएको थियो।

कांग्रेसले सहिद माने पनि राज्यको सहिद सूचिमा भने बरालको नाम छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.