करेन्टले ६ महिनामा ४५ को ज्यान गयो

करेन्टले ६ महिनामा ४५ को ज्यान गयो

जनकपुरधाम : विद्युतीय उपकरण चलाउने सामान्य ज्ञान नहुँदा धेरैले करेन्ट लागेर ज्यान गुमाउनु परेको छ। प्रदेश २ का गाउँ शहरका गल्ली—गल्लीमा विजुलीका तार लत्रिएका छन्। पोलहरु जिर्ण छन्। हावा चल्दा पिङ्गजस्तो मच्चिन थाल्छ। विजुली सर्ट भएर धेरै पटक आगो लागेको छ। तै पनि नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालयले लत्रिएका तार, पुराना पोल व्यवस्थापन गर्न चासो दिएको छैन।

लत्रिएको विजुलीको तारबाट करेन्ट लागेर शुक्रबार धनुषाको सबैला नगरपालिका—४ बाल्टियामा ६ जनाले अकालमै ज्यान गुमाए। त्योभन्दा दोब्बर घाइते भए। गाउँभरी लत्रिएका विजुलीका तार र झुकेका पोल व्यवस्थापन गर्न स्थानीयले विद्युत प्राधिकरण कार्यालय वितरण केन्द्र महेन्द्रनगरलाई आग्रह गर्दै आएको नगरपालिका मेयर बिजयशंकर साहले बनाए। ‘सडकमै तार लत्रिएकाले शुक्रबार जन्ती सवार बसमा करेन्ट लाग्यो। पोलको तार लत्रिएकाले तन्काउन पहिलादेखी नै विद्युत् प्राधिकरणलाई भनेका हौं तर वास्तै गरेन’, मेयर साहले भने।

लत्रिएको विजुलीका तारबाट करेन्ट लागेर जनकपुर उपमहानगर—१२ मा माघ ५ गते दुई युवाको मृत्यु भएको थियो। मोटरसाइकलमा रहेका एक युवकलाई करेन्ट लागेर छट्पटाइ रहेका बेला बचाउन गएकासमेत गरी दुवै जनाको घटना स्थलमै ज्यान गयो। लत्रिएको तार व्यवस्थान गर्न विद्युत् कार्यालयलाई स्थानीयले जानकारी दिएका थिए। तर, कर्मचारीले त्यसमा कुनै चासो देखाएनन्। दोषी कर्मचारीलाई कारवाही माग गर्दै स्थानीयले माघ ६ गते विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका थिए।

एक सातामा धनुषामा मात्रै ८ जनाको करेन्ट लागेर ज्यान गुमाए। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार ६ महिनायता करेन्ट लागेर ४५ जनाको मृत्यु भइसकेको छ। प्राधिकरणले विद्युत प्रयोगबारे उपभोक्तमा सचेतना कार्यक्रम सञ्चालन गर्छ न त लत्रिएका तार र जीर्ण पोल व्यवस्थापनमा ध्यान दिन्छ। विद्युत् चुहावट नियन्त्रण गर्न कम्मर कसेर लाग्ने कर्मचारी लत्रिएको तार र ढल्न लागेका पोल व्यवस्थानमा ध्यान नदिएको सिरहाको विसनपुरमा दिनेशकुमार महतो गुनासो गर्छन्। ‘एक पटक पोल गाडेर तार टाँगिसकेपछी विद्युत कार्यालयले कहिल्यै मर्मत गर्दैन’, उनले भने, ‘कर्मचारीको चरम लापर्वाहीले आमनागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ।’

प्राधिकरणको लापरवाहीले करेन्ट लागेर ठूला मानवीय क्षति भइरहेकोप्रति धनुषाका प्रदेश सांसद् रामअशिष यादवले चिन्ता व्यक्त गरे। ‘जस्तो शर्तकता विद्युत प्राधिकरणले अपनाउनु पथ्र्यो त्यसो गर्न सकेको छैन’, उनले भने, ‘उचित ट्राफिक व्यवस्थान र चालकको लापरवाहीले पनि यात्रु सवार गाडीमा तारले छोएर मानविय क्षति भइरहेको छ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले नेपाल विद्युत प्राधिकरणका कर्मचारीले गम्भिर भएर काम गर्न आवश्यक रहेको बताए। ‘स्थानीय तहले जताततै बाटो पराकिलो बनाउँदै छ। विजुलीका पोल सडकमै छन्। स्थानीय सरकार र विद्युत प्राधिकरणबीच एक अर्कामा समन्वय गरी त्यसलाई व्यवस्थान गर्नुपर्छ’, प्रजिअ कणेलले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.