हिमपातले यातायात र विद्युत ठप्प

हिमपातले यातायात र विद्युत ठप्प

बेनी : हिमपातले मुस्ताङ र म्याग्दीमा शनिबारदेखि विद्युत र यातायात ठप्प भएको छ। दुई दिनअघिको हिउँ पग्लिन नपाउँदै शुक्रबार रातिदेखि पुनः हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो।

मुस्ताङको घरपझोङ र मुक्तिनाथ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका बाहेकका क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ। सडक तथा जोमसोम–पोखरा हवाइ सेवा समेत ठप्प भएको मुस्ताङका सहायक प्रजिअ विश्वश्वर रेग्मीले बताए। ‘हिमपातले विद्युत सेवा पनि अवरुद्ध बनेको छ’, सहायक प्रजिअ रेग्मीले भने, ‘दुईदेखि तीन फिट बाक्लो हिउँ जमेकाले सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।’

म्याग्दीको सबभन्दा दुर्गम र विकट क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका १ गुर्जामा पैदलमार्ग र विद्युत सेवा अवरुद्ध बनेको स्थानीय जनकल्याण माविका प्रअ रुपेश सुवेदीले बताए। हिमपात र हावाहुरीले ठाउँ–ठाउँमा बिजुलीको पोल ढालेको, तार चुडाएकाले म्याग्दीमा केन्द्रीय प्रशारण लाइनको विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए। बरंजा, भकिम्ली, राम्चे र फलामेडाँडा क्षेत्रमा विद्युतका पोल ढलेर नांगो तार भुइमा लत्रिएकाले दुर्घटनाको जोखिम बढेको छ। नयाँ पोल राख्ने र तार फेर्न कर्मचारी परिचालन गरिए पनि हिउँले सडक अवरुद्ध भएकाले समस्या भएको न्यौपानेले बताए ।

म्याग्दीको उच्च पहाडी बस्ती र मुस्ताङका सडकमा यातायातका साधन चलेका छैनन्। यात्रुहरु पैदलयात्रा गर्न बाध्य छन्। करिब पाँच महिनापछि भएको वर्षा र हिमपातले सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले कृषक भने खुसी भएका छन्। म्याग्दीमा २०६२ पछि ठूलो हिमपात भएको बेनपा १० वाखेतका लालबहादुर पुनले बताए ।

गाईं, भैंसी, भेडा, चौरी, च्याङग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ। स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने भएकाले हिमपातले स्याउ खेतीलाई फाइदा पुगेको शितोष्ण बागबानी फलफूल विकास केन्द्र मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताए। म्याग्दीको घोडेपानी, टोड्के, डोले, रुइसे, ताकमलगायत पर्यटकीय स्थलमा हिउँ खेल्न पर्यटक आएको टोड्के हिल रिसोर्टका प्रबन्धक मोहन खत्रीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.