बार्सिलोनालाई एथ्लेटिको मड्रिडको दबाब, रियल मड्रिड पछि पर्यो
एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिडले लिग लिडर बार्सिलोनासँगको अंकदूरी कम गरेको छ। शनिबारको खेलमा गेटाफेमाथि २–० को जित निकालेको एथ्लेटिको मड्रिडले बार्सिलोनामाथि दबाब बनाएको हो ।
एथ्लेटिको मड्रिडको दुवै गोल पहिले हाफमा भएको थियो । ग्रीजम्यानले २७ औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि ३७ औं मिनेटमा निगुएजले गोल गरे । त्यसपछि गोल गर्ने दुवै टोलीका प्रयास सफल हुन नसक्दा खेल २–० मै टुंगियो । खेलको अन्तिमतिर दुई डिफेन्डर दोहोरो पँहेलो कार्ड खाँदै बाहिरिए पछि गेटााफे ९ खेलाडीमा सीमित भएको थियो ।
८८ औं मिनेटमा डाकोनाम ओर्टेजा र ९० मिनेटपछिको अतिरिक्त समयमा लिन्ड्रो क्याब्रेराले दोहोरो पँहेलो कार्ड खाइ मैदान छोड्न बाध्य भएका थिए ।
शनिबार कै खेलमा लेभान्टेमाथि ५–० को जित निकालेको सेभिल्ला रियल रियल मड्रिडलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको छ ।
२१ खेलबाट ४४ अंक बनाएको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । समान खेलबाट ३६ अंक बनाएको सेभिल्ला तेस्रो स्थानमा छ । २० ३६ अंक नै भएको रियल मड्रिंड गोलअन्तरमा पछि परी चौथो स्थानमा छ । ४६ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा कायम छ । रियल मड्रिड र बार्सिलोना दुवैले २० खेल मात्रै खेलेका छन् ।
आइतबार बार्सिलोना गिरोनासँग र रियल मड्रिड स्पानियोलसँग प्रतिस्पर्धा गर्दैछन् ।
ला लिगाको शनिबारका अन्य खेलमा भ्यालेन्सियाले भिल्लारियलमाथि ३–० को जित निकाल्यो । लेगानेज र एइबरले २–२ को बराबरी खेले ।