नेपालको ‘कमब्याक’, तेस्रो खेल सोमबार

नेपालको ‘कमब्याक’, तेस्रो खेल सोमबार

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल एक सय ४५ रनको भारी अन्तरले विजयी भएको छ । यो जितसँगै नेपालले शृंखलामा सानदार ‘कमब्याक’ पनि गरेको छ । दोस्रो एकदिवसीय खेल जितेसँगै तीन खेलको शृंखला १–१ को अवस्थामा पुगेको छ ।

कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल शुक्रबार पहिलो एकदिवसीय खेलमा तीन विकेटले पराजित भएको थियो । त्यही कमजोर ब्याटिङमा सुधार ल्याउँदा नेपाल दोस्रो खेलमा भने ठूलो अन्तरको जित हात पार्न सफल भएको हो । यो जितसँगै नेपालले केही महŒवपूर्ण कीर्तिमानसमेत आत्मसात् गरेको छ ।

हालसम्म पाँचवटा मात्रै अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको नेपालका लागि यो मात्रै दोस्रो जित हो । त्यसमध्ये यो अहिलेसम्म्को ठूलो अन्तरको जित पनि हो । नेदरल्यान्ड्सविरुद्ध इतिहासकै पहिलो शृंखलाअन्तर्गत गत अगस्टमा भएको दुईमध्ये दोस्रो एकदिवसीय खेल नेपालले एक रनले जितेको थियो ।

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४२ रनको योगफल खडा गरेको थियो । यो योगफल नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जोडेको अहिलेसम्मकै सर्वाधिक योगफलसमेत हो ।

जवाफमा आएको घरेलु टोली यूएईलाई १९.३ ओभरमा ९७ रनमै समेट्दै नेपालले जित निश्चित गरेको हो । नेपालको जितमा युवा खेलाडी रोहित पौडेलको कीर्तिमानी अर्धशतकसँगै सोमपाल कामी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शन रह्यो ।

नेपालका लागि सातौं क्रममा ब्याटिङका लागि छिरेका रोहितले ५८ बलमा ५५ रन जोडे, जसमा सात चौका सामेल थियो । यससँगै एकदिवसीय क्रिकेटमा उनी सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले आरिफ सेख (२९) सँग मिलेर छैटांै विकेटका लागि सर्वाधिक ८२ रनको साझेदारी गर्दै नेपालको पालि उकास्ने काम गरेका थिए । उनको यो साझेदारी पनि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मकै ठूलो साझेदारी बन्न पुग्यो ।

त्यसअघि प्रारम्भिक ब्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल (४४) र विनोद भण्डारी (२१) ले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । त्यसमा ज्ञानेन्द्रले चार तथा विनोदले दुई चौका प्रहार गरेका थिए । त्यसबाहेक कप्तान पारस खड्काले २१ रन जोड्दा करण केसीले ११ बलमा दुई छक्का र एक चौकाको मद्दतले १८ रन जोडे । सन्दीप लामिछाने १० रनमा अविजित रहे ।

बलिङतर्फ सोमपाल र सन्दीपले आफ्नो खेलजीवनकै सशक्त प्रदर्शन गर्दै यूएईलाई लक्ष्यसम्म पुग्नुअघि नै रोक्न सफल भए । सोमपाल एक्लैले पाँच विकेट लिए । त्यससँगै उनी एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन् । ६.३ ओभर बलिङ गरेका सोमपालले एक मेडनसहित ३३ रन खर्चिए । उनीपछि सन्दीपले चार ओभरमा एक मेडनसहित मात्रै २४ रन खर्चिएर चार विकेट लिए । सन्दीपले एकै ओभरमा यूएईको तीन खेलाडीलाई आउट गरेका थिए ।

नेपाली खेलाडीको कसिलो बलिङसामु यूएईका मोहमद उस्मानले २६ रन जोड्नेबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । अस्फाक अहमदले २० रन जोड्दा कप्तान मोहमद नाभिद १९ तथा सीपी रिजवान १६ मै आउट हुन पुगे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ अमिर हायातले तीन विकेट लिएका थिए । अब नेपालले यूएईविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत सोमबार तेस्रो तथा निर्णायक खेल खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.