मापदण्डविपरीतका उद्योगमा सिल

मापदण्डविपरीतका उद्योगमा सिल

स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जा र खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय पोखराको संयुक्त आयोजनामा पुतलीबजार र फेदीखोलाका चारवटा उद्योगमा छड्के अनुगमन गरिएको छ।

पुतलीबजार नगरपालिका १ स्थित युकी खानेपानी, श्रेष्ठ कन्फेक्सनरी, मिलीजुली पाउरोटी उद्योग र फेदीखोलाको खड्केटारीस्थित पाउरोटी उद्योगमा छड्के निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेशराज ढकालले जानकारी दिए।

उद्योगले मापदण्डअनुरूप सामान उत्पादन नगरेको जनाउँदै १५ दिने अल्टिमेटमसहित उद्योगमा सिल गरिएको प्रशासनले जनाएको छ। ‘पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विभिन्न ७५ वटा मापदण्ड रहेकोमा सोमध्ये १० वटा पनि नसमेटिएको भन्दै उद्योगमा सिल गरेका छौं’, सहायक प्रजिअ ढकालले भने, ‘जबसम्म मापदण्ड पूरा हुँदैनन्, तबसम्म उद्योग खोलिनेछैन।’

यसैगरी, मिलीजुली पाउरोटी भण्डार, श्रेष्ठ कन्फेक्सनरी र खड्केटारीस्थित पाउरोटी उद्योगका पाउरोटी निर्माण कक्ष र मेसिनसमेत फोहोर मैला रहेको बताउँदै प्रशासनले १५ दिनको अल्टिमेटम दिएको जनाएको छ।

उद्योग अनुगमनमा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेल, खाद्यान्न निरीक्षक भूमिका प्रधानलगायत जिल्लास्थित उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधिलगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.