बीपी प्रतिष्ठानका डाक्टर काम छाडेर धर्नामा

बीपी प्रतिष्ठानका डाक्टर काम छाडेर धर्नामा

धरान : १९ दिनदेखि अनशनरत डा.गोविन्द्र केसीको सर्मथनमा धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका ४ सय ५० डाक्टरहरू अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेलफेर सोसाईटीका अध्यक्ष डा. कविराज  पौडेलको नेतृत्वमा डाक्टरहरू विरामी जाच्न छाडेर आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्।

सरकारले डा. केसीका जायज मागलाई सम्बोधन नगरेको तथा बलजफती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डाक्टर आकस्मिक सेवा बाहेकका सबै काम छाडेर प्रतिष्ठानको जनरल ओपीडी अगाडि धर्ना सुरु गरेका छन्।

जुनियर चिकित्सकहरुले ओपीडी, वार्डमा समेत काम बहिष्कार गरी आन्दोलनमा उत्रिएपछी प्रतिष्ठानमा उपचराका लागि भर्ना भएका र उपचार गर्न आउने सयौं मारमा परेका छन्।

जुनियर डाक्टरहरुले प्रतिष्ठानका निर्देशक गौरीश.कर साहलाई ज्ञापनपत्र बुझाएर काम बहिस्कार गरेको जानकारी गराएका छन्। जुनियर चिकित्सकहरुले पतिष्ठानका आकस्मिक सेवा बाहेकका सबै सेवा बहिस्कार गरेको जनाउका छन्।

प्रतिष्ठानका निर्देशक साहले जुनियर चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको बताए। उनले उपचारका लागि आउने विरामीहरुको उपचारलाई सहज बनाउन सिनियर चिकित्सकहरुलार्य परिचालन गरेको समेत बताए।

डा. केसी स्वास्थय शिक्षा क्षेत्रमा सुधारको मागराखि इलाममा पुस २५ देखि अनशन सुरु गरेका थिए। उनको स्वास्थय अबस्था दिन प्रतिदिन नाजुक बन्दै गएको भन्दै उनका जायज मागलाई तत्काल पुरा गर्न धरानका डाक्टरहरुले सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.