परिवर्तनशील अटो प्रविधि

परिवर्तनशील अटो प्रविधि

गाडीमा प्रयोग गरिने प्रविधि हरेक वर्ष परिस्कृत हुँदैछन्। केही समयअघि मात्र गुगलले सार्वजनिक गरेको सेल्फ ड्राइभिङ कार यसको एउटा उत्कृष्ट उदाहरण हो। अहिले नेपालका सडकमा गुडिरहेका कार पनि प्रविधिक रूपले परिस्कृत बन्दै गएका छन् ।

इलेक्ट्रिक कन्सेप्टअनुसार टेस्ला, किया, निसान, बीवाईडी, फोर्डलगायत प्रसिद्ध कम्पनीहरूले विद्युतीय सवारी साधनको व्यावसायिक उत्पादन सुरु गरिसकेका छन् । यही योजनासहित गत फागुनमा नयाँदिल्लीको ग्रटर नोयडामा आयोजित अटो एक्स्पोमा अधिकांश कार निर्माता कम्पनीले हाइब्रिड इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेका थिए ।

पछिल्लो समयमा गाडीको कुम्भ मेला नाडा अटो शोमा आकर्षक गाडीहरु मात्र थिएनन्, तिनमा प्रयोग गरिएका प्रविधिसमेत स्मार्ट र नयाँ थिए ।

विद्युतीय कार

यो वर्षको नाडा अटो सोमा विद्युतीय कारको फरक रौनक देखियो। नेपालमा विद्युतीय कार भित्रिएको दशक नाघिसके पनि यो वर्ष नाडामा विद्युतीय गाडी भित्र्याउने होड नै चल्यो जसले अवलोकनकर्ताको ध्यानसमेत केन्द्रित गरेको छ। गत वर्ष किया र महिन्द्राका मात्रै इलेक्ट्रिक गाडी सोमा देखिएको भएता पनि यो वर्ष घेरै ब्रान्डले विद्युतीय गाडी भित्र्याएका छन् ।

गाडीमा अहिले ब्लुटुथका साथै वाइफाई, म्युजिक प्लेयर, भिडियो प्लेयरसमेत विकास भइसकेको छ। साथै, सेन्सर प्रणालीको विकास भएको छ। गाडीमा रेन सेन्सर प्रयोग हुन थालेको छ, जसले पानी पर्नेबित्तिकै भाइपर आफैं चल्छ। सेन्सर प्रणालीकै सहायताले गाडी दुर्घटना हुनुपूर्व आफैं रोकिने सिस्टम पनि विकास भएको छ ।

अहिले गाडीमा ब्लुटुथमार्फत आफ्नो मोबाइल कनेक्ट गरी उसैले म्यासेज पढिदिने, फोन उठाउन सकिने, साथै गुगल म्यापर जीपीएसको प्रयोग गरी गन्तव्यमा पुग्न सकिने भएको छ ।

नाडामा ‘रेनो जोई ४०’ विद्युतीय कार पनि सार्वजनिक गरिएको थियो । कम्पनीकाअनुसार अधिकांश अवलोकनकर्ता इलेक्ट्रिक सवारीका लागि मात्रै आएका छन् । ‘नाडामा मुख्य क्रेज विद्युतीय सवारी नै भएको छ,’ उनले भने, ‘सर्वसाधारणले धेरै रुचाएका छन् ।’ यस कारमा ब्रेक लगाएपछि ब्याट्रीमा थप ऊर्जा उत्पन्न हुन्छ ।

स्वचालित पार्किङस्थल

अटो प्रविधिसँगै काठमाडौं महानगरपालिकाले उच्च प्राविधिक क्षमताको स्वचालित पार्किङस्थल निर्माण गर्ने तयारी गरेको छ। डिजाइन फाइनान्स बिल्ड अपरेट एन्ट ट्रान्सफर (डीएफवीओटी)को अवधारणाअनुरुप महानगरले स्वचालित पार्किङस्थल निर्माण गर्न लागेको हो ।

महानगरपालिकाका निजी साझेदारी इकाइ निर्देशक महेश काफ्लेले पार्किङस्थल निर्माण गर्दा डिजाइनमा आउने समस्याले काममा अवरोध नहोस् भनी डीएफवीओटी मोडलमा निर्माण गर्न लागिएको जानकारी दिए। ‘नेपालका धेरै निर्माणाधीन योजना उचित डिजाइन अभावका कारण पूरा हुन सकेका छैनन्। पार्किङस्थल निर्माण गर्न इच्छुक कम्पनीले आफ्नो डिजाइन आफै बनाएर निर्माण गर्छन्’, काफ्लेले भने ।

धर्मपथको एक रोपनी १५ आना जमिनमा दुईतले वेसमेन्टसहित ६ तलाको पार्किङस्थल निर्माण गर्न लागिएको काफ्लेले बताए। विद्युतीय सवारी पार्किङ गरिएको स्थानमै चार्ज गर्न सकिने र एकपटकमा सात सयभन्दा धेरै सवारी अट्ने गरी निर्माण गर्न लागिएको छ। यो पार्किङस्थल स्वाचलित हुनेछ। स्वचालित पार्किङस्थल बनाउन इच्छुक कम्पनी तथा जोइन्ट भेन्चर (जेभी)ले २० हजार रुपैयाँ तिरेर महानगरपालिकाबाट फारम लिनु पर्नेछ। स्वदेशी तथा विदेशी दुवै कम्पनीले पार्किङ बनाउन प्रस्ताव पेस गर्न सक्नेछन् ।

महानगरपालिकाले पार्किङ निर्माण गर्न एक अर्ब रुपैयाँ लाग्ने जानकारी दिएको छ। डीएफवीओटी मोडलमा निर्माण हुने पार्किङस्थल निर्माण गर्ने कम्पनीले २५ वर्षसम्म सञ्चालन गर्न पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.