गेटअपमा बादलको चिन्ता

गेटअपमा बादलको चिन्ता

बादल थापा (२१) ‘ओई तिम्रो छ कि छैन कोही’ गीत गाएर चर्चामा छन्। चार पाँच वर्ष भयो, उनले गायनमा करियर सुरु गरेको। संगीत क्षेत्रमा जम्नकै लागि उनले गेटअपमा पनि विशेष ध्यान दिने गरेका छन्।

‘मनमै बसी मन जलाई’, ‘चन्द्र जस्तो मुहार तिम्रो गुराँस जस्तो जोवन’, ‘प्रेमगीत टु को मेरो भन्नु’ (कभर सङ) जस्ता राम्रा गीतमा बादलले स्वर दिएका छन्।

नेपालको बजार सानो भएकाले गाएरै जीवन निर्वाह गर्न गाह्रो हुन्छ। प्रायः गायकगायिकाहरू विभिन्न कन्सर्ट प्रफर्मेन्सबाटै जीविका चलाउँछन्। तर कन्सर्ट पाउन भने त्यति सजिलो छैन। बादल भन्छन्, ‘कि त गायक डिमान्डमा हुनुपर्यो‍, कि त उसको गेटअप राम्रो हुनुपर्‍यो।’

पप, रक्स शैलीका गीत गाउन बढी रुचाउने बादल क्लासिक गीतमा पनि त्यत्तिकै ध्यान दिन्छन्। एसएलसीपछि प्लस टु पढ्दापढ्दै उनी संगीत सिक्न भारत गए। सानैदेखि गायनमा औधि रुचि राख्ने बादलको काठमाडौंको यात्रा भने सहज थिएन। ‘यो क्षेत्रमा कला, गलामात्र भएर पुग्दैन’, उनी भन्छन्, ‘यहाँ ठूलो राजनीति हुन्छ।’

बादल थुप्रै कन्सर्टहरूमा जान्छन्। उनलाई त्यहाँको माहोल राम्रोसँग थाहा छ। गीत जति नै राम्रो गाए पनि, जति नै चलेको आर्टिस्ट भए पनि स्टेज प्रर्फमेन्समा गेटअपले काम गर्ने उनी बताउँछन्। ‘राम्रो गेटअपमा गायकले स्टेजमा प्रर्फमेन्स दिँदा दर्शकको हेर्ने दृष्टिकोण पनि फरक हुँदो रहेछ,’ उनी भन्छन्।

गीतसंगीतसँगै बाहिरी आवरणलाई पनि ध्यान दिनुपर्ने भएकाले बादल कहिले कपाल लामो पार्छन्, कहिले काट्छन्। आफूले लगाउने लुगाहरूमा पनि विशेष ध्यान दिन्छन्।

कञ्चनपुर, दोधारा चाँदनीका बादलले ‘दारु पार्टी’, ‘शिवजीको फ्यान’ जस्ता गीतले स्टेज तताउने गर्छन्। परिवारको साथ र सहयोग बिना संगीत क्षेत्रमा टिक्न गाह्रो हुने उनको ठहर छ। भन्छन्, चलेको गायक पनि एक समय पछि हराउँछ। त्यसैले आवरणमा पनि ख्याल गर्नुपर्छ। सधैं सदाबहार हुने कोसिस गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.