राजधानीका क्याम्पसअगाडि नेविसंघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो (फोटो)

राजधानीका क्याम्पसअगाडि नेविसंघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो (फोटो)

काठमाडौं : संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्तीरूपमा पारित गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध जनाएको छ। नेविसङ्घले आज बिहान उपत्यकाका त्रिचन्द्र, पशुपति, ग्रामीण आदर्श, सरस्वती, पाटन क्याम्पसअगाडि विरोध गरेको हो। 

पशुपति क्याम्पसमा भएको प्रदर्शनका क्रममा प्रधानमन्त्रीको पुत्ला जलाइएको छ। पुत्ला बनाएर प्रधानमन्त्रीको फोटो टासी उनीहरूले आगो लगाएका हुन्। 

नेविसङ्घ काठमाडौंका अध्यक्ष मनोज वैद्यले सरकारले चिकित्सा शिक्षा विधेयक पारित फिर्ता नलिएसम्म आन्दोलन निरन्तर जारी राख्ने बताए। आन्दोलनका क्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट प्रहरीले विद्यार्थीलाई पक्राउ समेत गरेको छ।

हेर्नुस् अन्नपूर्णका सरोज बैजुले खिचेका पशुपति क्याम्सपमा भएको प्रदर्शनका फोटोहरूः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.