माथि-माथि शैलुंगेमा हिमपात, पर्यटक हिउँसँग रमाउँदै

माथि-माथि शैलुंगेमा हिमपात, पर्यटक हिउँसँग रमाउँदै

दोलखा : तीन दिनदेखि लगातार हिमपात भएपछि पश्चिमी दोलखाको दोस्रो पर्यटकीय गन्तव्य बन्दै गएको शैलुङ डाँडामा आन्तरिक पर्यटकको घुईँचो लाग्न थालेको छ। शैलुङ गाउँपालिकाले मुडेदेखि शैलुङको मनगाउँसम्मको मोटर बाटो मर्मत गरेसँगै ३४२० मिटर उचाइमा रहेको शैलुङ डाँडामा पुग्ने आन्तरिक पर्यटकको घुईँचो लाग्न थालेको हो। 

शैलुङ आसपासमा सुविधा सम्पन्न नयाँ होटल सञ्चालनका लागि गाउँपालिकाले आह्वान पनि गरेको छ। शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले 'पहिला आउनेले पहिला नाफा कमाउँछ' भन्ने नीति अवलम्बन गरिएको बताए।

राजधानीबाट १०५ किलोमिटरको दूरीमा रहेको मुडेबजारबाट दाहिने मोडिएर करिब १७ किलोमिटरको दूरी तय गरेपछि शैलुङ पुगिन्छ। शैलुङको झोर, मनगाउँ, बाघखोर, भैंसी, खोलाखर्क लगाएको क्षेत्रमा केही होटल रहेका छन्। शैलुङ डाँडामा महादेवको मन्दिर र बौद्ध धर्मावलम्बीको छ्र्योतेन निर्माण गरिएको छ।

शैलुङ डाँडाबाट दोलखा जिल्लाको अधिकांश तथा सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न भागहरुको देख्न सकिन्छ।शैलुङ डाँडामा साना ठूला गरी सयवटा थुम्काहरु रहेको भनाई छ।

हिन्दु, बौद्ध, क्रिश्चियन धर्मावलम्बीको आस्थाका केन्द्रको रुपमा शैलुङ डाँडा परिचित छ। शैलुङसम्बन्धी विभिन्न किंवदन्ती  रहेका छन्। प्रथम बुद्ध साङ्गे माहमोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो। पछि साङ्गेलुङबाट शैलुङ भएको भनाइ पनि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.