गण्डकी प्रदेशले ल्यायो धवलागिरी संरक्षण क्षेत्रको अवधारणा

गण्डकी प्रदेशले ल्यायो धवलागिरी संरक्षण क्षेत्रको अवधारणा

मुना (म्याग्दी) : गण्डकी प्रदेशले राष्ट्रिय वन, वन्यजन्तुको संरक्षण र पर्यटन विकासका लागि धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालनको अवधारणा अघि सारेको छ। म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन गर्न आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालनको अवधारण अघि सारिएको बताए।

मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) र ढोरपाटन शिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने विचार व्यक्त गरे । 

मुख्यमन्त्री गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिएको बताए।'पर्यटन, जलविद्युत, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी वृद्धी गराउनु गण्डकी प्रदेशको लक्ष्य हो,' मुख्यमन्त्री गुरुङले भने 'खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत सेवामा आम नागरिकको पहुँच वृद्धीमा जोड दिएका छौं।'

सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्य चौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिए। उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले स्थानीय तहसँग सहकार्य गरेर वन पैदावारको संरक्षण र उपयोगसँगै आयआर्जन वृद्धी, पर्यटन विकासमा जोड दिएको बताए।धवलागिरी गाउँपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, पदमार्गको विस्तार र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताए ।  

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संसारको सातौ अग्लो धवलागिरी, गुर्जा लगायत हिमाल, ढोरपाटन शिकार आरक्ष अवस्थित धवलागिरी गाउँपालिकाको सडक, विद्युत, भवन, शिक्षा, सञ्चार लगायत पूर्वाधारका क्षेत्रमा सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गराइन्। 

प्रजिअ लीलाधर अधिकारीले भौगोलिक हिसाबले विकट र दुर्गम भएपनि धवलागिरी गाउँपालिका पर्यटन, जलविद्युत, जडिवुटीका हिसाबले प्रशस्त सम्भावना बोकेको बताए। उनले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वार्ड एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिए। 

उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको परिचालन गरि विकास र सम्बृद्धीमा रुपान्तरण गराउन आवश्यक ऐन कानुन छिटो बनाउन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराए।प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दुर्गम भएकाले कर्मचारी आउनै नमान्ने र आएपनि सरुवा भएर जाने समस्या धवलागिरी गाउँपालिकाको विकास र सार्वजनिक सेवा प्रवाहमा देखिएको चुनौती भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.