लमजुङको नरुवाल गाउँमा खुल्यो ‘मगर होमस्टे’

लमजुङको नरुवाल गाउँमा खुल्यो ‘मगर होमस्टे’

बेसीशहर : वरपर देखिने सेता हिमाल। सफा सडक, चिटिक्क परेका घर। मनमोहक प्राकृतिक छटा र मगर संस्कृति रहेको बेसीशहर २ नरुवाल मगरगाउँ यतिबेला पर्यटक भित्राउन आतुर भएर बसेको छ।

सदरमुकाम बेसीशहरबाट नजिकै रहेको मगरगाउँमा होमस्टेको सुरुवात गरिएको छ। गाउँमा रहेका मगर समुदायले होमस्टे संचालनमा ल्याएका हुन्। नरुवल मगर गाउँका १० घरमा होमस्टे सुरु गरिएको छ। ‘अहिले १० घरमा होमस्टे संचालन गरिएको छ’, होमस्टे व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर रानाले भने, ‘पाहुनाको आगमन बढेपछि थप अरु घरहरुमा विस्तार गर्छौँ।’

सिर्जना आमा समूहकी अध्यक्ष सावित्री आलेले पाहुनाको लागि हरेक घरमा कोठाको व्यवस्थापन गरिएको बताइन्। होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्ने कोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुन लगायत आवश्यक सबै सामान राखिएका छन्। पाहुनाका लागि खाना र बस्नका लागि प्याकेज र मेनु बनाइएको छ। लमजुङ उद्योग वाणिज्य संघको एक गाउँ एक उत्पादन (ओभीओपी) अन्तर्गत २१ जनाले ५ दिने होमस्टे व्यवस्थापन तालिम समेत लिइएका छन्।

नरुवल मगर गाउँमा ४२ घर रहेका छन्। ‘नरुवाल मगर होमस्टेमा आउँ – कृषि पर्यटन र मगर संस्कृतिमा रमाऔँ’ भन्ने नाराका साथ सुरु गरिएको होमस्टेको गत शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे।

गण्डकी प्रदेशभित्र ३ सय गाउँलाई होमस्टे बनाउने तयारीका साथ प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री गुरुङले बताए। उनले होमस्टेबाट मात्रै प्रदेशभित्र ४० हजारलाई रोजगारी मिल्ने दावी गरे।

मगरगाउँ होमस्टे उद्घाटनमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत। नवीनराज कुइँकेल


पर्यटन क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्रथामिकतामा राखेको भन्दै उनले सन् २०२२ भित्र २० लाख पर्यटक भित्राउने दाबी गरे। ‘अहिलेसम्म १० लाख पर्यटक छन्’, गुरुङले भने, ‘सन् २०२२ सम्म २० लाख पुर्‍याउन सम्भव छ।’ कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापापनि सहभागी थिए। आफ्नो गाउँमा सुरु गरिएको होमस्टेलाई प्रवर्द्धन र स्थानीयलाई हौसला दिन आफू उपस्थित भएको उनले बताए।

मगरगाउँ पुगेपछि आर्ग्यानिक अन्नको साथमा लोकल सुँगुर, कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदाको रोटी, दूधदही अनि लोकल रक्सी खान पाइन्छ। होमस्टे व्यवस्थापन समितिका सचिव बाबुराम राना मगरकाअनुसार गाउँमा आउने पर्यटकलाई एक हजार रुपैयाँमा मासुसहितको आर्गानिक खाना, खाजा, नास्ता र बास बस्ने व्यवस्था मिलाइएको छ। मासु नखानेका लागि ८८० रुपैयाँ लाग्नेछ।

होमस्टे सञ्चालक सुकमाया रानाकाअनुसार गाउँमा आउने पाहुनाले मगरका संस्कृतिक प्रस्तुति पनि हेर्न पाउनेछन्। कौडा, झ्याउरे, दोहोरी, ठाडोभाकालगायतका मनोरञ्चनात्मक कार्यक्रम यहाँ हेर्न पाइन्छ। स्थानीय समाजसेवी मदन रानाकाअनुसार ऐतिहासिक ढुङ्गेडाँडा, ढुङ्गेधारा, रोटे पिङ, भँयर थान र गोरख थान यहाँका विशेषता हुन्।

मगरगाउँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायतका हिमश्रृङ्खलाहरु देख्न सकिन्छ। लमजुङ दरबार, काउलेपानी देवी मन्दिर लगायत ऐतिहासिक महत्व बोकेको क्षेत्रहरु यहाँबाट देखिन्छ। यस्तै मध्यमर्स्याङ्दीको बाँधस्थलमा बनेको तालको मनोरम दृश्य मगरगाउँबाट देख्न सकिन्छ। बेसीशहरबाट गैरीहुँदै मोटरबाट र हिडेरैपनि मगरगाउँ पुग्न सकिन्छ।

मगरगाउँलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सृजना आमा समूह र मिनाम लाङ्गाली युवा क्लब लागि परेका छन्। गाउँमा आउने पर्यटकलाई आमा समूहकै नेतृत्वमा स्वागत सत्कार गर्ने गरिएको छ। मगरगाउँका महिला, पुरुष, युवादेखि बूढापाका सबै गाउँलाई ग्रामीण पर्यटनको केन्द्र बनाउन जुटेका छन्। गाउँमा पाहुना आएको बेला उनीहरु सामूहिक रुपमा स्वागत सत्कारमा जुट्दै मगर संस्कृति देखाउने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.