गर्भपतन गराउने ६ जनालाई कैद

गर्भपतन गराउने ६ जनालाई कैद

राजविराज : बोक्सीको आरोप लगाउँदै कुटपिटगरी गर्भपतन गराउने ६ जनालाई दुई वर्षपछि अदालतले कैद सजायको फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलाशले चार महिनाको गर्भपतन गराएको आरोपमा जनही तीन महिनाको कैद सजायको फैसला हो।

सप्तरीको शम्भुनाथ नगरपालिका २ खोक्सर प्रवाहा कनकपट्टीकी पुनमदेवी साहलाई ०७३ माघ १४ गते कुटपिट गरी गर्भपतन गराएको आरोपमा अदालतले सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजकी छोरी २८ वर्षीया महिरून खातुन, छोरा २१ वर्षीय लुकमान मियाँ, ३० वर्षीय मो. जालम मियाँ, ३५ वर्षीया जमिला खातुन र ५२ वर्षीय भुवन साहलाई जनही तीन महिनाको कैद सजायको फैसला गरेको छ।

तत्कालिन जिल्ला न्यायाधीश रोशन गजुरेलको इजलाशले आरोपित रफिदन र भुवनलाई २५ हजार तथा अन्य आरोपितहरुलाई जनही १५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो।

जिल्ला प्रहरी कार्यालयले आरोपित मध्ये रफिदनलाई ०७३ माघ १९ गते पक्राउ गरी  आरोपितहरू विरूद्ध ०७३ माघ २० गते गर्भपतनको उजुरी दर्ता गरेको थियो।

पीडितको रुपनी गाउँपालिकास्थित पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत), युनिक अस्पताल र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको थियो। गर्भपतन भएको भ्रुणको पोस्टमार्टम भने धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.