पर्सामा तीन वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

पर्सामा तीन वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

वीरगन्जः पर्सामा ५ वर्षीया बालिकालाई २२ वर्षीय एक युवकले चक्लेटको प्रलोभनमा पारेर बलात्कारको घटना भएको एक महिना नबित्दै फेरि तीन वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका-११ मुर्ली टोलमा शनिबार बेलुकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी २० वर्षीय अनिल चौहानलाई प्रहरीले पक्राउ गरेको हो। मुर्लीस्थित कृषि सामाग्री संस्थानको क्षेत्रीय कार्यालय नजिकको टोलका चौहानले बालिकालाई शनिबार बेलुकी ६ बजेतिर जबरजस्ती करणी गरेको पीडित बालिकाका अभिभावकले आरोप लगाएका छन्। 

बालिकाका अभिभावकका अनुसार शनिबार बेलुकी साढे ६ बजेतिर मदिराको नशामा लठ्ठ रहेका चौहानले बालिकालाई आफ्नो घर अगाडिबाट जबरजस्ती उठाएर सुनसान ठाउँमा लगि जबरजस्तीकरणी गरेका हुन्। बालिकालाई खोजी गर्दा एक घण्टापछि मात्र बलात्कृत अवस्थामा फेला पारिएको पीडित बालिकाकी आमाले बताइन्।

बालिकाका अभिभावकले घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सालाई खबर गरेपछि प्रहरीले चौहानलाई शनिबार बेलुकी मुर्ली टोलबाट मदिराको नशाले लठ्ठ रहेको अवस्थामा चौहानलाई पक्राउ गरेको हो।

आरोपित युवक चौहानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। बालिका र चौहान दुवैजनाको आइतबार नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको जानकारी दिँदै प्रहरी उपरीक्षक ढकालले भने, 'बालिकाको अनुहारमा चोट लागेकोजस्तो घाउ छ, तर उनको अवस्था अहिले सामान्य नै छ, परीक्षणको रिपोट आएपछि घटनाबारे थाहा हुन्छ।' 

तर प्रहरी हिरासतमा रहेका आरोपित युवक चौहानले भने आफूले बालिकालाई एक दुई थप्पड मात्र हिर्काएको तर बलात्कार भने नगरेको बयान दिएका छन्। घटनास्थलबाट केही शंकास्पद वस्तु पनि भेटिएको र घटनाका बारेमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि माघ १३ गते सम्म आइतबारको घटना बाहेक बलात्कार र बलात्कारसम्बन्धी १८ वटा उजुरी परेको छ। तीमध्ये जबरजस्ती करणीका १६ वटा र जबरजस्तीकरणी उद्योगका दुईवटा उजुरी छन्।

१२ वटा बालात्कारका घटनाका पीडित १६ वर्ष मुनि उमेरका बालिका रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए। चालु आर्थिक वर्षमा जबरजस्ती करणी र जबरजस्तीकरणीका गरी १८ वटा मुद्धा दर्ता भएको छ,' प्रहरी उपरीक्षक ढकालले भने, ती मध्ये १२ वटा घटनाका पीडित बालिका नै छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.