स्वीट्जरल्यान्ड भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ

स्वीट्जरल्यान्ड भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्यान्डमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकमा आफ्नो सहभागिताबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वीट्जरल्यान्डको डाभोसमा भएको मञ्चको बैठकमा नेपालको सहभागिताबारे जानकारी गराएका हुन्।

'हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा प्रधानमन्त्रीको सहभागिता एवम् मित्रराष्ट्र स्वीट्जरल्यान्डसँग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भयो', राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा लगायत समेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.