मनकामना केबुलकार पोखरा कप : जापान र क्यामरुनका टिम पनि प्रतिस्पर्धामा

मनकामना केबुलकार पोखरा कप : जापान र क्यामरुनका टिम पनि प्रतिस्पर्धामा

पोखरा : मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा जापान र क्यामरुन टिमले सहभागी भएका छन्। माघको तेस्रो सातादेखि पोखरा रंगशालामा हुने प्रतियोगितामा जापानको रिस्सो युनिर्भसिटीको टिम र क्यामरुनको डफिन्स टिम फेमेलीको सहभागी हुने भएका हुन्।

अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघको १५ देखि २६ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच हुने भएको छ। प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहने आयोजाक अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए।

प्रतियोगितामा तीन विभागिय टिमे त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एफिएफ क्लब सहित नेपालका उत्कृष्ट क्लबहरु मनाङ मस्याङ्दी क्लब, संकटा, थ्रिस्टार क्लब, हिमालयन शेर्पा, च्यासल, ब्रिग्रेड ब्याइज क्लब, आयोजक पोखरा ११ र दुई विदेशी टिमका सहभागीता रहने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगितामा आयोजक पोखरा पनि तीन विदेशी खेलाडी सहित ट्रफी उचाल्ने गरी शसक्त टिम मैदानमा उतारर्ने आयोजकले बताएका छन्। मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको पुरस्कार राशी पनि बृद्धि गरिएको छ। प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार रुपौयाँ पाउने छन्।

मनकामना केवलकोरको यस अघिल्लो प्रतियोगिता भन्दा पुरस्कार राशी २ लाख बढी हो। यस्तैगरी उपविजेताले ४ लाख ५ हजार ५ सय ५५ रुपौयाँ पाउने एन्फा कास्कीका महासचिव रमेश कार्कीले जानकारी दिए। प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने पनि उनले बताए।

यस वर्षदेखि एन्फा कास्कीले फुटबल खेलमा योगदान दिने एक जना खेलाडीलाई सम्मान गर्दै मोटरसाइकल दिने पनि बताएको छ। यसैगरी उत्कृष्ट पत्रकाररिता पुरस्कार र वर्ष उत्कृष्ट फुटवल क्लबलाई पनि पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगिता संचालन गर्न १ करोड १७ लाख लाग्ने र प्रतियोगिताबाट आम्दानी १ करोड २८ लाख ५० हजार हुने आयोजकको विश्वास छ। बचत भएको रकम फुटबलको विकासमा खर्च गरिने पनि अध्यक्ष गुरुङले बताए। पोखरा कपको पाँचौ संस्करणपछि दुई वर्षसम्म स्थगित भएको प्रतियोगिताले पूर्न निरन्तरता पाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.